फेसबुक-इन्स्टाग्रामले ल्यायो लामो भिडियोको लागि IGTV

Hollywood Khabar June 20,2018 Comments

कृष्ण के सी/अमेरिका
सामाजिक संजाल मानब जिन्दागीमा चर्चित मात्र छैन, मरोरंजनात्मक, संचारको लागि सजिलो बहु-उपयोगी भएको छ। यसका साथमा सामाजिक संजालकै आपसी प्रतिस्पर्धा र नयाँ-नयाँ फिचर थप्ने प्रतिस्पर्धाले झन् जिन्दगीलाइ रोमाञ्चित बनाएको छ।

यसै प्रसङ्गमा फेसबुकको अर्को संजाल इन्स्टाग्रामले लामो भिडियोको लागि नयाँ IGTV हब लन्च गरेको छ। IGTV मा लामो समयका भिडियो अपलोड, लाइभ अपलोड गर्न सकिन्छ। खासगरी Youtube को प्रतिस्पर्धा गर्न यो एप्स डेभलप गरेको कुरा बाहरका व्यक्तिहरुबाट बताइन्छ। बिशेष गरि युवाहरुको लागि फोकस गरेर बनाइएको यो IGTV धेरै उपयोगी र मन पर्ने खालको छ।

यो IGTV मा आउने भिडियोहरु भर्टिकल खालका छन्। स्लाइड गरेर दायाँ-बायाँ गर्दा अर्को पोस्टिङ्ग देख्न सकिन्छ। IGTV मा एप्समा लग गर्ने बितिक्कै फलो गरेका व्यक्तिहरुको भिडियो आफैं प्ले हुन थाल्छ। सजिलो कुरा के हो भने इन्स्टाग्राम एकाउन्ट हुनेहरुलाई सोही एकाउन्टबाट एक्सेस हुन्छ नयाँ एकाउन्ट खोल्नु जरुरी छैन।