-हुरी-बतास राति ९ बजे देखि अत्यन्तै बढ्दै गएको छ र थुप्रै सिटीहरुमा पावर आउटेज छ

हुरी-बतास राति ९ बजे देखि अत्यन्तै बढ्दै गएको छ र थुप्रै सिटीहरुमा पावर आउटेज छ

Hollywood Khabar January 18,2021 Comments

जनावरी १८, २०२१ बिहाना देखि सुरु भएको हुरी-बतास राति ९ बजे देखि अत्यन्तै बढ्दै गएको छ र थुप्रै सिटीहरुमा पावर आउटेज छ। हुरी-बतासले सडकमा थुप्रै रुख ढालेका, हाँगा भाचिएर झरेका देख्न सकिन्छ।

सोनोमा क्षेत्रमा ९७ माइल प्रतिघण्टा, सान फ्रान्सिस्को क्षेत्रमा ५७ माइल प्रतिघण्टाको गतिमा चलेको हुरी-बतास दिउँसो फरक फरक क्षेत्रमा ३० देखि ५० माइल प्रतिघण्टा हुने अनुमान गरिएको छ। इष्ट बे एरियामा ५,००० भन्दा धेरै पावर आउट भएका छन्। मिल्पिटास क्षेत्रमा आगलागी भएकाले संकटकालिन उद्धार गरेको कुरा फायर फाइटरले जनाएको छ। यसै बीच समुन्द्री तटमा जानेहरुलाई समुन्द्र भन्दा टाढा रहन भनिएको छ।