-Ghanashyam Shrestha

के गरोस हेर, निमुखा जन

Hollywood Khabar May 25,2020 Comments

घनश्याम श्रेष्ठ,काठमाडौँ/समय:साँझ ६:०० बजे/५/२६/२०

 

अलि अलि गर्दै, बढ्दैछ सधै, हेर यो लकडाउन

जे जसोरी हुन्छ, अघि, बढ्दैछु भन्छ, कस्तो यो लकडाउन !

आज आज, भोलि भोलि, भन्दा भन्दै, महिनै बित्यो पो,

के गर्ने होला अब, हेर त, भण्डार, रित्ति गो !!

 

घर घर मै थुनी, जन जन हेर, सर्रर, गुड्छ सरकार,

हिमाल, पहाड अनि मधेशमा, के थाहा, कति परेको छ, तिनको दरकार !

भोक भोकै, कति रुँदैछन होला, आश लिई राशन को

के शानले हिड्छौ, के गर्छौ र चिन्ता, लोभ मात्रै आशन को !!

 

पक्कै, भोलि त तिम्ले, सम्झन्छौ होला, तिमीलाई परेसी,

दया को भिख माग्दै तिम्ले, भिर पाखा झरेसी !

परे को बेला, बेवास्ता गर्ने, के काम भो, ति मन को,

के भर पर्नु, मुसुक्क हाँस्दै, आश्वाशन बाँड्ने, अदृश्य ति जन को !!

 

शान ले हिड्छन, मान ले खान्छन, भन्छन सरकार हो,

न बोल्न दिन्छ, न बोलेकै सुन्छ, कहाँ पाउनु अधिकार पो !

सानालाई ऐन, ठुलालाई चैन भो, यो कस्तो लकडाउन

महंगी बढ्यो, निगरानी छैन, कमिशन मात्रै, पचाउने ध्याउन !!

 

के गरोस हेर, निमुखा जन, हजार पुग्यो, सयको समान,

सिमाना मिच्यो, संकटको बेला, कहाँ र कसले, गर्यो र, लौ ध्यान !

मुखमा राम राम, बगली मा छुरा, सहन्न अपमान

मिचेर ल्याए, थिचेर ल्याए, ए !, अति भो लकडाउन !!

 

पुरानै थिति, बिउँताउँदै ल्याए, हट्थ्यो कि लकडाउन,

कहिले फेरि, उठ्ने हो अब, झरेर धेरै, भई सक्यौ डाउन !

लम्कन्दै थियौ, बिकाशमा भर्खर, रोक्यौ आखिर, गरेर आक्रमण

ध्यान दिए जन जनले, आखिर हट्थ्यो कि, कोरोना संक्रमण !!

 

अझै पनि कति, कहिले सम्म, झेल्नु पर्ने हो लकडाउन

रित्त्याई सके भण्डार सबले, बिचरा तिनले, अब के खाउँन !

बल्न नै छाडे, चुलो मा आगो, अर्थ, धरासायी भए

भोकमरी चल्छ, देश मा अर्को, महामारी चले !!