पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्यमन्त्री थापाको अपिल

Hollywood Khabar February 24,2017 Comments

१५ फागुन स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम साथ आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ।

काठमाडौं, १५ फागुन 

स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम साथ आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ। ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो ।  
दिवसका अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य मन्त्री गगनकुमार थापाले विभिन्न रोगहरुको निधान र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि नितिगत, कार्यगत र संस्थागत सुधार गर्न मन्त्रालय क्रियाशिल रहेको जानकारी दिदै त्यसका लागि सवै स्वास्थ्यकर्मीहरुलाई आजैदेखि सक्रिय सहभागीताका लागि अपिल गर्नुभएको छ।

नागरिक स्वस्थ भए मात्र देश स्वस्थ हुने तर्क गर्दै मन्त्री थापाले स्वस्थ नागरिकका लागि स्वास्थ्यकर्मी नै आधार भएको उल्लेख गर्नु भएको छ। स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सेवाका आधारमा स्वास्थ्य संस्थाको बर्गिकरण गर्ने कार्य अन्तीम चरणमा पुगेको, जनस्वास्थ्य ऐन र विमा ऐनको मस्यौदा बनिसकेको लगायत कामहरु तिव्रताका साथ भईरहेको मन्त्री थापाले सन्देश मार्फत् जानकारी दिनुभएको छ। 

स्वास्थ्य सेवा दिवस मनाउन केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती समितिहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन्। मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिको आयोजनामा विहान स्वास्थ्य सेवा विभाग टेकुमा योगा कार्यक्रम सम्पन्न भएको छ भने ८ बजेपछि टेकुबाट प्रभातफेरी गरी विहान ९ बजे स्वास्थ्य मन्त्रालयमा पुग्ने कार्यक्रम रहेको छ। प्रभातफेरीपछि मन्त्रालयका दिवसको मुल समारोह हुने भएको छ। 

मन्त्रालय मातहतका अन्य निकायहरुमा भने स्वास्थ्यकर्मी र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने, स्वास्थ्य शिविरहरू गर्ने, सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरिएको मन्त्रालयले जनाएको छ।