-सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटा

हतियार विसाएपछि मात्र विप्लव समूहसंग वार्ता हुने 

Hollywood Khabar March 20,2019 Comments

७ चैत, काठमाडौं।हतियार विसाएपछि मात्र विप्लव समूहसंग वार्ता हुने सरकारले बताएको छ।बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले  विप्लव समूहसंग सम्वादका निम्ति सरकार तयार रहेको भन्दै हतियार विसाएर हिंसा छोडेमात्र वार्ता हुने बताएका हुन्।बास्कोटाले  कुनै पनि असन्तुष्टि शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने बताए।सरकारले २८ फागुनमा हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।