एनआरएनएमा नक्कली प्रतिनिधि, निर्वाचन स्थगित माग, कर्मचारी निलम्बन

Hollywood Khabar October 14,2017 Comments

एनआरएनएमा नक्कली प्रतिनिधि, निर्वाचन स्थगित माग, कर्मचारी निलम्बन

काठमाण्डौ।
गैरआवासीय नेपाली संघको आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ। एनआरएनए अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका झण्डै ६० जना प्रतिनिधि दर्ता गरेको भेटिएपछि हंगामा भएको छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष, आईसीसी केही पदाधिकारी र सचिवालयका एक कर्मचारीको मिलेतोमा अन्य देशका पनि सयौं जना नक्कली प्रतिनिधिको दर्ता गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।
फर्जी सूची दर्ता गरेको अभियोगमा दर्ता प्रकृयामा संलग्न एक कर्मचारीलाई निलम्बन गरिएको बिश्वस्त सूत्रलै जनाएको छ। शनिवार दर्तास्थलबाट एकाएक हराएका ती कर्मचारीलेहौटलकौ कोठामा गई ल्यापटपबाट नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ।
यसैवीच एनआरएन अमेरिकाका साधारण सदस्य नारायण थापाले निर्वाचन आयोगलाई निवेदन लेखी प्रतिनिधि दर्ता प्रकृयामा ब्यापाक घोटाला भएकाले निर्वाचन प्रकृया तत्काल स्थगित गर्न माग गरेका छन् ।