-हलिउडकर्मी सोनी शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष उम्मेदवार

हलिउडकर्मी सोनी शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष उम्मेदवार

Hollywood Khabar April 01,2021 Comments

हलिउडखबर, अमेरिका, अप्रिल १, २०२१

नेपाल पत्रकार महासंघको यहि २५ गते हुने निर्वाचनमा हलिउडखबरकी नेपाल बिट इन्चार्च सोनी शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष (महिला) पदको उम्मेदवार भएकी छन्।

तनहुँको दमौलीमा बढे-हुर्की सोनी शर्मा आफूले नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशबाट उपाध्यक्ष महिलातर्फको पदमा उम्मेदवारी दर्ता गरेको जानकारी गराएकी छन्। यसका लागि उनले सबैलाई सहयोग र सपोर्टका लागि पनि अनुरोध गरेकी छन्। उनको पत्रकारितामा १५ बर्ष लामो इतिहास रहेको कुरा पनि उजागर गरेकी छन्।

पछिल्लो डेढ दशक देखी पत्रकारितालाई मुल कर्मथलो बनाएर प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा सकृय रुपमा काम गर्दै आइरहेको दावी शर्माको रहेको छ। उसो त शर्माको रेडियो संचार, छापा पत्रिका, अनलाइन (मल्टि) मिडियामा समेतमा काम गरेको अनुभव रहेको छ। पछिल्लो ७ बर्ष चाहिं शर्माले हलिउडखबर र संबद्ध मिडियासँग काम गर्दै आएकी छन्।

सोनी शर्मा क्रियाशील पत्रकार महिला (WWJ) को तनहुँ जिल्लाको संस्थापक अध्यक्ष हुँदै केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेकी छन्। यति मात्र होइन नेपाल पत्रकार महासंघको तनहुँ जिल्ला उपाध्यक्ष पनि हुन् सोनी शर्मा।

अब यो पटक चाहिँ नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशमा उपाध्यक्ष (महिला) को उम्मेडावर भएकी छन्। आगामी दिनमा श्रमजिवि, ब्यवसायिक पत्रकारको हक अधिकारका लागी निरन्तर रहने प्रतिबद्धता शर्माको रहेको छ। त्यसैगरी पत्रकार महासंघ गण्डकी प्रदेशलाइ पत्रकारको साझा घर भन्ने अनुभुती गराउने प्रतिवद्धता पनि व्यक्त गर्दै प्रदेशका पत्रकारहरुको अमूल्य मतको अपेक्षा राखेकी छन्।

सोनी शर्मालाइ हलिउडखबर टीमको तर्फबाट हार्दिक शुभकामना !