१४ माघ ,काठमाडौं।ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्देले सर्वोत्कृष्ट हांस्य अभिनेता अवार्ड पाएका छन्।तनहुँको भिमादमा जन्मेका गोपाल ढकाल -छन्दे ले धनगढीमा पावर इन्टरनेशनल मिडिया नेपाल (पिम) नेपाल फिल्म फेस्टिवल २०७६मा नेपाली कथानक चलचित्र लभ यु हमेशावाट सर्वोत्कृष्ट हांस्य–अभिनेता अवार्ड पाएका हुन्।पिम फिल्म फेस्टिवलमा छन्देलाई हांस्य सम्राज्ञी बसुन्धरा भुसाल, संगीतका बादशाह शंभुजीत बांस्कोटा लगायतले अवार्ड प्रदानगरेका हुन्।
फिल्म फेस्टिवलमा उद्योग पर्यटन तथा वातावरणमन्त्रि माया भट्ट ,पीम नेपालका अध्यक्ष माधवराज खरेल , पिम नेपाल फिल्म फेस्टिवल २०७६का अध्यक्ष कमला जोशी लगायतले ढकाललाइ बधाई दिएका थिए ।करिव १७ वर्षदेखि अनावरत रुपमा कलाकारिता क्षेत्रमा लागेका हांस्य अभिनेता गोपाल ढकाल छन्देले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारेका छन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!