-घुसकाण्डमा मुछिएका पाठक

घुसकाण्डमा मुछिएका पाठकलाई ११ वर्ष कैद हुनसक्ने

Hollywood Khabar February 16,2019 Comments

६ फागुन,काठमाडौं ।घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई मुद्दा लगाउने बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छलफल भएको छ ।नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो केहीदिनअघि सार्वजनिक भएको थियो ।पाठक विरुद्ध मुद्दा दायर भएमा ११ वर्ष कैद र ७८ लाख बराबरको सम्पत्तिसमेत जफत हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।