-Ghanashyam Shrestha

जोवन चल्ने, भोजन नचल्ने

Hollywood Khabar May 21,2020 Comments

घनश्याम श्रेष्ठ, काठमाडौँ/५/२२/२०

थाहा छैन मलाई,

मान्छेहरु किन महान सम्झिन्छन आफुलाई,

आई लव यु" माया प्रेम सस्तो भाछ सबैलाई !

प्रेम गर्नु पर्दा न हेर्छ जात, न त कुरा गर्छ भात,

कत्ति लाग्छ कत्ति आफै माया पिरतीको मात !!

 

मनबाट सुरु हुन्छ प्रेम,

झाँगिदै फैलिंदै तनबदनमा,

तर अड्किन्छ गएर किन त्यो जातमा !

लाग्छ कहिले थुक्क कस्तो ए ! तिमि जात,

धिक्कार छ,

जोबन चल्ने तर भोजन नचल्ने कस्तो त्यो मात !!

 

देश बदल्न ठुलाठुला कुरा गर्नेहरु,

कहाँ सक्षम छन् र यहाँ बदल्न आफु र आफ्नालाई !

अचम्म लाग्छ देखि यो समाज लाई,

अनि,

धिक्कार यस्ता देखावटी रिति रिवाज लाई !!

 

न कुनै योगदान, न आफ्नो अधिकार जातमा

तैपनि,

किन मानिस मानिस छुट्टिन्छन छुवाछुत र भेदभावमा !

सयौ बर्ष बिते यहाँ, बिते कयौ समाजमा,

तैपनि,

छौ किन आज हामी उही समस्या उही स्थानमा !!

 

आत्मसम्मान अनि हौसला मात्रै हैन,

तन, मन, मुटु सबै लुटिएको छ यहाँ !

छुवाछुत र भेदभाव अपराध अनि अभिशाप यो देशमा,

घिटघिट हुँदा रगत दिनेको जात सोध्दैन कसैले मर्ने बेलामा !!

 

थाहा छैन मलाई,

मान्छेहरु किन महान सम्झिन्छन आफुलाई,

लाग्छ कहिले थुक्क कस्तो ए ! तिमि जात,

धिक्कार छ,

जोबन चल्ने तर भोजन नचल्ने सस्तो त्यो मात लाई !!

**कसै कसैको जिबनमा घटेको सन्चो घटना भएकोले कसैलाई चोट पुग्न गएमा हृदय देखि क्षमा चाहन्छु**