नशालु ती नजरहरुले मुटुमा निशाना लगाउँदा रहेछन्..!!
छद्मभेसी धोकेवाजले तड्पाउनसम्म तड्पाउँदा रहेछन्..!!
तिम्रै साथ हुन्छु म जीवनयात्रामा भन्दै वाचा गर्नेले‚नि
जालीमाया देखाउँदै हृदयबाट सर्लक्कै हटाउँदा रहेछन्.!!
गर्मीले निथ्ररुक्क भै बरण्डाको शितलतामा तारा गन्दै ..!!.
खटियामा भुस्क्क निदाउँदा सपनाले'नि सताउँदा रहेछन्..!!
नटखट ती नाक बजाउँदै बोलेका छ'निॽशब्दावली शुन्दा.!!.
मन मस्तिष्कमै हुदा'नि बादल झै याद गडगडाउँदा रहेछन्.!!.