-California Governor Newsom Proposes 2021-22 State Budget, Picture from Governor's site

गभर्नर न्यूसमद्वारा दर्जनौ राहत सहितको बजेट प्रस्तुत

Hollywood Khabar January 08,2021 Comments

क्यालिफोर्नियाका गभर्नरले दर्जनौं राहत सहितको प्याकेज बजेट प्रस्तुत गरेका छन्। जनवरी ८, २०२१ बिहान ११ बजे उनले प्रस्तुत गरेको बजेट कोभिड १९ प्रभावित राहतको लागि दर्जनौ प्याकेज राखेका छन्। एबिसी न्यूजले भने जस्तै उनको पहिलो कार्यकालमा उनले २१.५ बिलियन डलर खर्च गर्न सकेनन। दोश्रो कार्यकालमा उनलाई ५४.३ बिलियन डलरको बजेट घाटा भयो।

बिश्वोको पाँचौं ठूलो तर उनले यो बर्षको लागि सबै तयारी र अध्ययन गर्दै राज्य, नागरिक, ब्यबसाय सबैलाई जोडेर दर्जनौं राहत प्याकेज सहितको बजेट ल्याएका छन्। कोभिड १९ को संक्रमणले आकास छोएको छ। अस्पतालमा आइसियू बेडको अभाभ भएको छ। अनि गभर्नरले नियमित समयमा नै बजेट ल्याएका छन्।

कोरोनाको महामारी, बढ्दो बेरोजगारी, हजारौं उद्योग-ब्यबसय बन्द छन्, राज्यले करिव १ मिलियन जब गुमाएको छ। तर पनि तुलनात्मक रुपमा गत बर्ष राम्रै ट्याक्स कलेक्शन भएको प्रस्तुति उनले दिए।

नियमित भन्दा ठूलो आकारको बजेट एक पटकको लागि मात्र ल्याएको र यसलाई राज्य संसद र गभर्नर न्यूसमले सफल रुपमा कार्यन्वयन गर्ने ब्यबस्थापन गर्नेछन। प्रस्तावित बजेटमा काँग्रेसको ६०० डलर स्टिमुलसमा ३० हजार भन्दा कम कमाउने परिवारलाइ अर्को ६०० डलर थप गर्ने योजना गरेका छन्।

यसबाहेक साना ब्यबसायको लागि जब थप गर्नको लागि ४ बिलियन डलर र स्मल ग्राण्ट पनि जोडेका छन्। यो प्याण्डामिकको समयमा नयाँ कामदार हायर गर्ने साना ब्यबसायलाइ थप १०० मिलियन बजेट ट्याक्स क्रेडिटको लागि छुट्याएका छन्।यसमा खासगरी बारबर शप, कस्मेटिक, बार र रेष्टूराँ लगायत पर्छन। यसबाहेक बिधालयहरुको लागि प्रोटेक्टिभ सामान जस्ता थुप्रै कुराहरु छन्। उनको यो बिचमा आएको बजेट आगामी जुलाइ १, २०२१ देखि लागु हुनेछ।