fsewa free app

दैनिक जीवनमा चाहिने सेवा लिने-दिने बीचको दुरी अन्त्य गर्दै fsewa फ्री एप्लीकेशन

Hollywood Khabar December 15,2018 Comments

अत्यन्त व्यस्त जीवन सैलीको कारण हरेक कामको लागि बजार घुम्नु पर्ने वाध्यताले शहरको जीवन अस्तबेस्त बन्दै गैरहेको छ ।तपाइँको घरमा विजुली बत्ती मर्मत गर्नु पर्याे, तपाँइको बच्चालाई ट्युसन पढाउने शिक्षक चाहियो, तपाँइलाई मोटरका पार्टहरु चाहियो, तपाँइलाई पेन्टर चाहियो या अन्य कुनै सेवा चाहियो भने उक्त सेवा प्रदायक खोज्न कति समस्या पर्छ। मर्मत गरिदिने ब्यक्ती खोज्न अत्यन्त गर्हो हुने गरेको छ जसका कारण धेरै समय खर्चिनु पर्ने वाध्यता छ ।

सुचनाप्रविधीको बढ्दो प्रयोगले मानवजीवन सहज् बन्दै गइरहेको छ । विकसित देशहरुमा प्रविधीको प्रयोगका कारण देशको सम्वृद्धीले फड्को मारेको देख्न पाईन्छ। नेपालको सन्दर्भलाई हेर्ने हो भने पनि सुचना प्रविधीको प्रयोग लाई आवश्यकताको दृष्टीकोणले उच्च स्थानमा राखेको छ। पछिल्लो समयमा नयाँ पुस्ताहरुको ध्यानलाई आकर्षण गर्न सफल सुचना प्रविधी अव मनोरन्जनको माध्यामको रुपमा मात्र नभएर ब्यापार प्रवर्दनको साधनको रुपमा प्रयोग भै रहेको छ। हरेक कार्य हरुमा आइटि को प्रयोग गर्दा साविक को भन्दा तेवर ले काम छिटो हुने, समय तथा स्रोत को अत्यन्त बचत हुने र घर मै बसीबसी सबै काम बन्ने हुँदा पनि यो प्रयोग अत्यन्त उपयोगी हुने गरेको पाईन्छ ।

यी एस्ता यावत समस्याहरुको सारथिको रुपमा fsewa नामक मोबाईल एप्लीकेशन आएकोे छ। मोबाईलको प्रयोगबाट हाम्रा दैनिक जीवनमा आइपर्ने अत्यन्त महत्वपूर्ण कार्यहरु गर्न सहज् हुने गरी ल्याइएको एप्लिकेशन सेवाप्रदायक र सेवाग्राही दुबैको लागि काम लाग्ने छ।

एप्लिकेशनमा सेवा प्रदायकले आफुले दिने सेवाको विवरण र आफ्नो संपर्क नम्बर तथा website राख्न मिल्छ भने सेवालिने हरुले आफुलाई चाहिएको सेवा लिन मिल्छ जसकालागि आफ्नो मोबाईलमाउक्त Fsewa एप डाउनलोड गरेर अफुलाई चाहेको सेवाप्रदाएक खोजेर सिधै संपर्क गरेर बोलाउन मिल्छ ।

उक्त एप्लिकेशनमा आफुलाई चाहिएको सेवाप्रदायक दुरीको आधारमा खोज्न मिल्छ। त्यो पनि सबै भन्दा नजिक रहेको ब्यक्ति तथा कम्पनी सुरुमा आउँछ र सिधै संपर्क गरेर बोलाउन मिल्छ साथै सेवाप्रदायकले पनि आफुले दिने सेवाको विवरण र संपर्क ठेगाना एपमा राख्न मिल्छ।
यो एप प्रयोग गर्नको लागिे प्ले स्टोरमा गएर fsewa सर्च गरेर डाउनलोड गर्न सकिन्छ अथवा सिधै यो लिंकमा गएर डाउनलोड गर्न मिल्छ।

https://play.google.com/store/apps