तस्बिर साभार वेब

पूर्व डीएसपी राजकुमार खिउजु मुद्धा पुर्पक्षका लागि थुनामा

Hollywood Khabar May 27,2020 Comments

१५ जेठ काठमाडौं।बलात्कारको आरोप लागेका पूर्व डीएसपी राजकुमार खिउजु मुद्धा पुर्पक्षका लागि कारागार चलान भएका छन्। ललितपुर जिल्ला अदालतले थुनछेकका लागि गरेको सुनुवाईका क्रममा खिउजुलाई मुद्धाको पुर्पक्षका लागि थुनामा पठाउने गरि आदेश गरेको हो। 

खिउजुले गत मंसिरमा सेवाबाट अवकाश पाएका थिए। महानगरीय प्रहरी वृत चापागाउँको इन्चार्ज रहेका बेला खिउजुले एक सेवाग्राहीलाई कार्यालयैमै बलात्कार गरेको आरोप लागेको थियो।