NRNA द्वारा वैदेशिक रोजगार मागपत्र जाँच निर्देशिका २०७५ को स्वागत

Hollywood Khabar May 10,2018 Comments

प्रेस विज्ञप्ति
वैदेशिक रोजगार क्षेत्रको विकृति र बिसंगति रोक्न नेपाल सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका २०७५ कार्यान्वयनमा ल्याएकोमा हामी थप उत्साहित भएका छौँ।

गैरआवासीय नेपाली संघको पहलमा वैदेशिक रोजगारको क्षेत्रमा भएका क्रमिक प्रगति र नेपाल सरकारले गरेका निर्णयबाट हामी थप आशावादी समेत छौँ। निर्देशिकाको अभावमा यसअघि रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीले माग गरेको कामको विवरण बारे यकिन हुन कठिनाइ भइरहेको र त्यसका नाममा ठगीमा पर्दै आएका सोझा र आर्थिक रुपमा विपन्न नेपालीहरुले भोग्नुपरेको समस्या समेत यसै निर्देशिकाको कार्यन्वयनसँगै न्यूनिकरण हुनेमा हामी आशावादि छौँ ।

नयाँ निर्देशिकाले अदक्ष कामदार को सट्टा बढी तलब सुविधा पाउने दक्ष कामदार जाने प्रवृत्ति वढ्ने अपेक्षा हाम्रो छ। यसले सीप अनुसारको रोजगारी पाउने सम्भावना पनि बढाएको छ। यसर्थ एउटा काम र तलबका लागि भनेर पठाउने तर सम्बन्धित मुलुकमा पुगेपछि भनिएको भन्दा अर्को काम र न्यून तलब पाउने आम समस्या र वैदेशिक रोजगारका क्षेत्रमा हुने विकृतिलाई सुधार्न यो निर्देशिकाको कार्यन्वयनले उल्लेखनीय भूमिका रहने विश्वास हामीले लिएका छौँ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेशस्थित अस्पतालमा भएका र कनुनि सेवाको अभावमा जेल जीवन बिताउन बाध्य भएकाहरुलाई कानूनी सहायता, नियोगबाटै उपलव्ध गरउने प्रावधान र सिण्डिकेटको खारेजी जस्ता कार्यहरुलाई वैदेशिक रोजगारिमा जानेहरुको हित र संरक्षणका लागि भएका प्रगतिको रुपमा लिएका छौँ।

वैदेशिक रोजगारीमा जानेहरुका लागि त्रिभुवन विमानस्थलको प्रस्थान कक्षमा सहजकर्ताहरुको व्यवस्था हुने भएको स्वागत सरकार वैदेशिक रोजगार र आप्रवासी कामदारहरुको कल्याणको लागि गम्भिर रहेको र यसबाट हामीले विगतमा अनुरोध गर्दै आएका विषयको उचित सम्बोधन हुनेमा हामी विश्वस्त छौँ।

पछिल्लो समय हामी सँगको छलफलमा माननीय श्रम तथा समाज कल्याण मन्त्री गोकर्ण बिष्टले जनाउनु भएको प्रतिबद्धता अनुरुप नै निर्णय भएकोमा हामी आभारी छौँ। हामीले जोडदार रुपमा उठाएका बिषयहरु, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, अंगभंग भएकाहरुलाई परिचयपत्रका साथ उपचारको व्यवस्था, त्यसपछि सक्नेहरुलाई रोजगारी र अशक्तहरुलाई मासिक भत्ता, मृतकका परिवारलाई रोजगारी र तिनका बच्चाहरुलाई अध्ययनरत वा इच्छाएको विद्यालयमै छात्रवृत्ति अनि निशुल्क उपचारको व्यवस्था, सबै कामहरु अनलाईन गरी प्रत्यक्ष भेट्नु पर्ने वाध्यता हट्दा पैसाको प्रत्यक्ष लेनदेन पनि कम हुने हाम्रो अनुमान छ।

विदेशबाट फर्केकाहरुलाई सीप बैंकको व्यवस्था एवं सामुहिक लगानी, पेन्सन सरहको सुविधा लगायतका विषयमा समेत सरकारले यथाशक्य छिटो ठोस पहल गर्ने भन्ने सन्देशलाई हामीले सकारात्मक रुपमा लिएका छौँ। साथै वैदेशिक रोजगारीमा जानेहरुका लागि अध्यागमनमा छुट्टै कक्ष र बिदेशमा मृत्यु हुनेको सव ल्याउनका लागि छुट्टै आगमन कक्षको व्यवस्था गर्ने जस्ता प्रावधानले सरकार वास्तवमै यी बिषयहरुमा सम्वेदनशील रहेको हामीले महसुस गरेका छौँ । सरकारले गरेका नितिगत निर्णयहरु यस संघले बिगतमा दिएका सुझावहरु अनुरुप नै भएकोमा सरकारलाई बिशेष धन्यवाद ज्ञापन गर्दै पछिल्ला निर्णयको स्वागत गर्दछौँ ।

विगतमा निर्णयहरु भएपछि कतिपय निर्णय कार्यन्वयन हुन नसकेको सर्वविदितै छ। तथापी हामी यस पटकका सम्पूर्ण निर्णहरु यथाशक्य छिटै प्रभावकारी कार्यन्वयन हुने अपेक्षा हामीले गरेका छौँ। साथै वैदेशिक रोजगारलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन हाम्रो सहयोग र सरकारसँगको सहकार्य सदैव रहने अवगत गराउँदछौँ ।

प्रवक्ता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्
मे ११, २०१८