-दोश्रो चरणको आन्दोलनको फाइल तस्विर

मिडिया काउन्सिल विधेयकबिरुद्द पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, काठमाडौं ।नेपाल पत्रकार महांघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।सोमबार  महांघमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठकले असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनलाइ सशक्त बनाउन प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठठी जुलुस र सभा गर्नेसम्मका कार्यक्रम छ ।महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।

तेसैगरी असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, असार २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० गते देशब्यापी सिठी जुलुस र सभा गर्ने महासंघले जनाएको छ ।महासंघले प्रेस जगतको जायज माघ अघि सारेर आन्दोलन गर्दा पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेको भन्दै विरोध जनाएको छ । ‘विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक छ’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको भन्दै महासंघले यसलाई फितौ लिएर सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न आग्रह गरेको छ । प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप सशक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको छ ।