तस्बिर वेब

फेरि थुनियो काठमाडौँ: जताततै ढल र दुर्गन्ध

Hollywood Khabar July 09,2019 Comments

२६ असार काठमाडौँ ।बागदरबारस्थित काठमाडौँ महानगरपालिकाको ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ।ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल डुबानमा परेको हो।महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काए र डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो।

तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो।सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो।ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ।दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ।