तस्बिर वेब

एउटा अस्पतालका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालन

Hollywood Khabar February 09,2019 Comments

२८ माघ चितवन।एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन्।यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन्।

अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन्।यससँगै औषधि, किराना, सौन्दर्य सामग्री,फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन्।सोही ठाउँमा होटल सञ्चालन गर्दै आएका होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ चितवनका अध्यक्ष दीपक ढकाल अस्पताल अगाडि मात्रै १४० होटल र १० वटा रेष्टुराँ रहेको बताउछन्।चारदेखि ३२ कोठमासम्मका होटल सो ठाउँमा रहेका छन्।

दैनिक दुई हजारभन्दा बढी क्षमताका ती होटलमा आफैँले पकाएर खानसमेत सुविधा छ।ढकालका अनुसार दैनिक रु १५० देखि रु एक हजारसम्मको कोठा होटलमा पाइन्छन्।ती होटल पूरै अस्पतालमा निर्भर छन्।ढकालले ती होटललाई वैज्ञानिक ढङ्गबाट वर्गीकरण गरी दरभाउ कायम गर्ने तयारी गरिएको बताए।

अधिकांश होटल पारिवारिक ढङ्गबाट सञ्चालनमा छन्।विसं २०५७ मा अस्पताल स्थापनासँगै ती होटल सञ्चालनमा आएका हुन्।मुख्य बजार क्षेत्रबाट केही टाढा रहेकाले अस्पताल आउने अधिकांश बिरामी र आफन्त तिनै होटलमा बस्ने गरेको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले बताए।ठूला र व्यवस्थित होटल त्यहाँ नहुँदा कतिपय मुख्य बजार क्षेत्रका होटलमा पनि बस्ने गरेको उनले बताए।