इयूको इमिग्रेशन नयाँ नीति असाइली/रेफ्यूजीहरुले हिडडुल गर्न नपाउने

Hollywood Khabar June 28,2018 Comments

कृष्ण के सी/अमेरिका
यूरोपियन यूनियनका राष्ट्रका नेताहरुको ब्रसल्समा भएको बैठकले  इमिग्रेशन सम्बन्धी नयाँ नीति पास गरेको बताइएको छ।

असाइलम र रेफ्यूजी पिटिशन गर्ने इमिग्रेन्टहरुलाई इयू राष्ट्रहरुमा हिँडडुल गर्न बन्देज लगाउने नीति पास भएको छ। तर असाइलम र रेफ्यूजी पिटिशन गर्नको लागि छुट्टै सेन्टरको ब्यबस्था गर्ने भनिएको छ। तेस्ता सेन्टरहरु इयू बाहिर पनि हुन सक्नेछन। खासगरी अफ्रिकी मुलुकबाट इमिग्रेण्ट्स प्रवेश हुने इटलीको जोडदार मागका कारण सो नीति पारित गरिएको बताइन्छ। पिटिशनरहरुलाई कस्तो ब्यबस्था हुने हो त्यो भने नीतिमा उल्लेख गरिएको छैन।