भूमी एस घिमिरे
आज एउटा लाग्ने कुरा भोलि अर्कै लाग्ने
मनमा आउने कुरा आउने र जाने
यहाँ कुनै कुरा स्थायी नहुने !!
मन त मन नै हो
मनले जित्यो स्वामित्व लिने
मन फेरी मोडिन बेर नलाग्ने
मनमा कहिले के लाग्ने कहिले के जाग्ने
यहाँ सबै कुरा अस्थायी हुने !!
अहिले जे सोचें, देखें र भोगें
आजको लागि त्यही स्थायी लाग्ने
भोलि त कसलाई के थाहा छ र
भोलिको रहर के हो जाग्ने ?
यहाँ कुनै कुरा स्थायी नहुने !!!
परिवर्तन त प्रकृतिको नियम हो
मन र रुप दुवै परिवर्तन हुने
फूलेको फूल झरेर जाने
हरियो पात सुकेर जाने
यहाँ कुनै कुरा स्थायी नहुने !!!!
मन त परिवेशको प्रतिफल हो
कहिले कता दौडने कहिले कता बग्ने
समयले जता लग्यो उतै जाने
मन पनि परिवेशको परिवन्दमा पर्ने
क्षण क्षणमा यो मन परिवर्तन हुने
त्यसैले, यहाँ कुनै कुरा स्थायी नहुने !!!!!
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!