प्रधानमन्त्री खड्ग प्रसाद ओली

एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

Hollywood Khabar February 13,2019 Comments

३ फागुन काठमाडौँ।सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्नु भएको छ।हिजो बिहीबार प्रगति विवरण सार्वजनिक गर्दै ओलीले वर्तमान सरकार बनेपछि लगानीको वातावरण बन्दै गएको, देश विकास तर्फ अघि बढेको र विश्व आर्थिक मञ्चले पहिलोपटक नेपाललाई बोलाएको बाटै सरकार सकारात्मक ढंगले अघिबढि रहेको दावी पनि गर्नु भएको हो।उहाँले यो वर्ष आधार वर्षको रुपमा खडा भइसकेको र आउँदा वर्ष समृद्धिको वर्ष हुने बताए।

प्रधानमन्त्रीले प्रस्तुत गरेको आर्थिक समृद्धिका आधारहरु

— औसत मुद्रा स्फिति नियन्त्रणमा छ।कम्पनी दर्ताको संख्या २६.७ प्रतिशतले बृद्धि भएको छ।वित्तिय संस्थाको लगानी बढेको छ।श्रम सम्बन्धमा सुधार आएकोले औद्योगिक विकास भएको छ।बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह २० प्रतिशतले बढेको छ।
—    लगानी सम्मेलनको तयारी पुरा भएको।
—    १० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपालले २१ वर्षपछि पुरा गरेको।
—    सडक, पुल लगायतको निर्माण भएको छ।
—    हरेक तिन दिनमा एउटा तुइन विस्थापित भएको छ।
—   १ खर्बको लगानी प्रस्ताव भएको छ।विदेशीतर्फ ५१ अर्बको उद्योगहरुको लगानीको प्रस्ताव आएको।
—   २० अर्ब रुपैयाँ अनुदान मापदण्डका आधारमा प्रदेश तथा स्थानीय तहलाई निकासा गरिएको।
—  एकल विन्दु सेवा केन्द्र सेवा शुरु गर्न तयारी पुरा भएको।
—  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक लगानी ऐनलाई लगानी मैत्री बनाउन संशोधनको तयारी।
—  २००० हेक्टरमा थप सिँचाइ सुविधा।
—  ८.९ प्रतिशतले धान उत्पादन वृद्धि।
—  १६.५ प्रतिशतले तरकारी उत्पादन वृद्धि।
—  यसपटक कुनै पनि समयमा खाद्यान्न संकट भएन।
—  २० हजार व्यक्तिलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन निवेदन संकलन गरिएको।
— काम गर्छु भन्नेलाई सहुलियत दरमा सात विधामा ऋण दिन शुरु।
—  माथिल्लो तामाकोशीको काम अन्तिम चरणमा।
—  पर्यटकको विस्तासँगै सेवा क्षेत्र विस्तार भएको।
—  बिमित संख्या १५ लाख पुगेको।
—   योगदानमा अधारित सामाजिक सुरक्षा कार्यक्रम शुरु।