-संगीतकर्मी संघ भक्तपुरको अध्यक्षमा भुवन दुलाल

संगीतकर्मी संघ भक्तपुरको अध्यक्षमा भुवन दुलाल

Hollywood Khabar December 27,2020 Comments

सन्तोष दाहाल, ललितपुर १२/२७/२०

राष्ट्रिय संगीतकर्मी सङ्घ भक्तपुरको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भुवन दुलालको अध्यक्षतामा आगामी ४ वर्षको लागि २५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ।

चयन भएका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष दिपक प्रसाद घोरासैनी,प्रथम उपाध्यक्ष गोबिन्द बहादुर अधिकारी, महिला उपाध्यक्ष ललिता भुजेल,उपाध्यक्षहरु दिवाकर थापा र कमल घिमिरे, सचिवमा कुसुम दुलाल, सहसचिवमा कुलदिप खड्का र श्याम सुन्दर कसवाल,कोषाध्यक्षमा कृष्ण कुमारी गौतम, सह कोषाध्यक्षमा गोदावरी भुजेल, प्रवक्तामा गोमादेवी खत्री रहेका छन् भने सदस्यहरुमा ईश्वरी लामिछाने, पुजा वास्तोला, जित बहादुर खड्का, सोनु सिङ ठकुरी, गौरी वास्तोला न्यौपाने, यशोदा वास्तोला, राम कृष्ण परियार, सीता भुजेल, निरु निर्मला चौहान, आशिका खाती, लक्ष्मी ढकाल, भुपेन्द्र रायमाझी, तुलसा ढुङ्गेली (मीनाश्री) र बलराम श्रेष्ठ रहेका छन्।

बरिस्ठ केन्द्रिय उपाध्यक्ष नवराज ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष घमेश दुलाल, पूर्व अध्यक्ष रेशम थापा,केन्द्रिय उपाध्यक्ष द्वय श्याम धिताल र अमृत खाती लगायतका बिशिस्ठ व्यक्तिहरुको उपस्थिति थियो।

कार्यक्रममा सस्थालाई बिशेष योगदान पुराउने ६ जना व्यक्तिहरु सम्मानित भएका छन्। सम्मानित हुनेहरुमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य राजकुमार हुमागईं , काठमाडौँ जिल्ला अध्यक्ष दिप धिताल,ललितपुर जिल्ला अध्यक्ष सुभाष महत, काभ्रे कोषाध्यक्ष केदार न्यौपाने, रसुवा जिल्ला अध्यक्ष दावा फेन्जो तामांग रहेका छन् ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्व मन्त्री महेश बस्नेतले लोक गीत संगीतले समाजमा मनोरन्जन मात्र नभएर जागरण समेत ल्याउने भन्दै पछिल्लो समय उद्योग व्यवसाय, होटल रेस्टुरेण्ट लगायत सबै क्षेत्रमा लोक गीत संगीतले आफ्नो पचिचान दिन सफल भएको बताए, साथै आगामी दिनहरुमा रोयल्टी र कलाकारहरुको हकहितको लागि आफू जस्तोसुकै सहयोग गर्न समेत तयार रहेको उनको भनाइ थियो।