-सांकेतिक तस्विर

दूध बोकेको गाडीले ठक्कर दिंदा १ जनाको मृत्यु,२ गम्भीर 

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, विराटनगर।मोरङमा दूध बोकेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छभने दुइजना गम्भीर घाइते भएका छन्।मंगलबार झापाको एनएमसी दूध डेरी उद्योगको मे १ च ४६०९ नम्बरको पिकअप भ्यानले मोरङको गदिया खोलाको पुलमा ठक्कर दिंदा १७ वर्षीय मोहम्मद जवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए।टाउकोमा चोट लागेर गम्भीर अवस्था भएकामोहम्मद अफ्सार अन्सारी र मोहम्मद कैफको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।ठक्कर दिएपछि पुलबाट उछिट्एर गाडी खोलामा झरेको थियो।