-एनआरएनए युरोप क्षेत्रका युवा संयोजक डा जय कृष्ण ठाकुर

एनआरएनए: डा ठाकुरको राजीनामा स्वीकृत भएको आधिकारिकता संघले दिएको छैन

Hollywood Khabar December 09,2020 Comments

कृष्ण के सी, अमेरिका, १२/९/२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप क्षेत्रका युवा संयोजक डा जय कृष्ण ठाकुरले आफ्नो पदबाट राजिनामा दिएको, स्वीकृत भएको भन्ने कुराको आधिकारिकता संघका प्रवक्ताले जानकरी दिएको रेकर्ड छैन।

डा जय कृष्ण ठाकुर (पिएचडी) एनआरएनको अभियानमा २००८/९ तिरबाट छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको २०१५-२०१७ को कार्यकालमा डा ठाकुर युवा संयोजक थिए। २०१७-२०१९ को कार्यकालमा भने संघको युरोप क्षेत्रको युवा संयोजक निर्वाचित भए। २०१९-२०२१ कार्यकालमा डा ढाकुर सोहि सिटमा दोश्रो कार्यकालको लागि निर्वाचित भए। जर्मनीमा बस्दै आएका डा ठाकुर हाइड्रोका बिज्ञ र आइटीका ब्यबसायी पनि हुन्।

युरोप क्षेत्रका युवा संयोजक डा जय कृष्ण ठाकुरलाइ संघको यो कार्यकालमा कुनै इमेल र संचार गर्ने, शुल्क बुझाउन सुझाउने संचार गर्ने काम भएको छैन। तर पनि उनले जुन २०२० तिर आफ्नो पदबाट राजिनामा पठाएका हुन्। त्यसपछि सो राजिनामाको कुनै रेस्पन्स, अन्य कुनै जानकारी, बैठकमा बोलाउने काम केहि पनि भएको छैन। डा ठाकुरलाइ आजको मिति, डिसेम्बर ९, २०२० प्यासिफिक समय दिनको ३:३० बजे सम्म केहि पनि थाहा छैन। राजिनामा स्वीकृति गरेको या अस्विकृत गरको जानकारी उनलाई आएको छैन, डा ठाकुरले कुरा कुराकानीमा बताए।

यस संबन्धमा संघका प्रवक्ता डिबी क्षेत्रीले सूचना र संचारमा सो संबन्धि कुनै सूचना र जानकरी दिएको अवस्था छैन। राजिनामा दिनु र स्वीकृति हुनु स्वभाविक प्रक्रियाका कुरा हुन्। तर त्यसको जानकारी राजिनामा दिने व्यक्तिलाई नदिएर संघका महासचिव डा हेम राज शर्माका सहोदर भाइ चिरन शर्माले समाचार बनाउने गर्नाले संघमा सूचनाको दुरुपयोग भएको देखिएको छ।

कुनै पनि श्रोतबाट जानकारी पाएर समाचार लेख्नु पत्रकारको स्वतन्त्रता हो। आफ्ना दाइ महासचिव भएका कारण संबन्धित व्यक्तिको पत्र र सूचना नै आफैंले निर्णय गरेको जसरी लेखिदिनु चाहिँ अनुशाशनको प्रश्न उठ्ने अवस्था आएको हो। त्यसमाथि पनि आधिकारिक पत्र नै संबन्धित व्यक्ति बाहेक अरुलाई दिनु, सार्वजनिक गर्नु, उनीहरुले विभिन्न आरोप लगाएर समाचार लेख्नुले संघको प्रशाशन माथि गंभिर कमजोरी देखिएको छ।

युरोपमा काँग्रेस सफाया गर्ने अभियान अन्तर्गत नै मौका पाउने बितिक्कै यो चरित्र हत्या गर्ने कदम चालिएको हो भन्ने आरोप नेपाली काँग्रेसको जनसम्पर्क समितिका नेतृत्ववर्गले गरेका छन। डा ठाकुर नेपाली काँग्रेसका समर्थक हुन् भने उनका अभिभावक नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सदस्य छन्। यो कदमले संघमा विभाजन र काम गर्न असमान्जस्यता ल्याउने निश्चित छ।