फोटो: डा भट्टराईको ट्विटर र विभिन्न संचार अनि गुगलबाट प्राप्त

डा बाबुराम भट्टराईको बिरोधमा टेक्ससमा कालो झुम्रो प्रदर्शन गरिने

Hollywood Khabar September 14,2018 Comments

कृष्ण के सी/अमेरिका
भनिन्छ हत्याको अर्को परिभाषा पनि हत्या नै हुन्छ। संसारका कुनै पनि राज्य व्यवस्थाका कानुनले एउटा सिभिलियनलाइ अर्को सिभिलियनको हत्या गर्ने, धम्काउने, दुख दिने छुट दिएको छैन। तर आफूलाई फुजेल, मुक्तिनाथ हत्या लगायात १७ हजार भन्दा धेरै नेपालीहरुको ज्यान लिने जनहत्याको नेतृत्व गर्ने पूर्व आतंकवादी माओबादी तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई हाल अमेरिकामा छन। त्यो समय उनी माओबादीको क्रान्त्रिकारी जनपरिषदको अध्यक्ष थिए। तेही परिषदको नाममा फैसला भन्दै विभिन्न हत्याका घटना घटाउने नेतृत्व गर्ने व्यक्ति पनि डा भट्टराई नै हुन्। तिनै डा भट्टराईलाइ अमेरिकामा बोकेर हिड्नेहरुको फेसबुक पनि धेरैले देखेकै छन्। हत्याराले पुग्ने ठाउँ जेल हो कि सत्ता त्यो भने नेपालको लागि प्रश्न नै छ।   

तर तिनै डा भट्टराइलाइ गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय परिषद र राष्ट्रिय परिषद अमेरिकाका विभिन्न पदिय जिम्मेवार व्यक्तिहरुले अमेरिका घुमाउन ल्याएका हुन्। यस अघि संघका महासचिव डा बद्रि के सीको हठका कारण डा भट्टराईलाइ योरोपमा घुमाइयो।  

यसै प्रसंगमा टेक्सस राज्यको अर्भिंङ शहरमा सेप्टेम्बर १५, २०१८ का दिन डा भट्टराई र उनकी धर्मपत्री हिसिला यमीको बिरोध गर्दै कालो झुम्रो प्रदर्शनको आयोजना गरिएको छ। टेक्ससमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको टेक्सस राज्य च्याप्टर र स्थानिय Nepalese Society, Texas को आयोजनामा दिनको ४ बजे एक अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ।

आयोजकहरुले भनेका छन्-
खुल्ला बिरोध सभामा उपस्थित हौ
१० बर्षे हत्या हिँसा का नाइके मध्येका एक, १७००० निर्दोष नागरिक हत्या, हजारौ बेपत्ता , लाखौ घरवार बिहिन, बिभिन्न प्रकारका आतंक , तोडफोड , आगजनी, लुटपाट गरेर हिडेका एक युद्ध अपराधी व्यक्तिलाई यहा टेक्सास मा NRNA NCC USA, Texas च्याप्टर, NST लगाएत केहि सस्थाले मरिहत्ते गरेर गर्न लागेको ‘सम्मान कार्यक्रम को बिरोध’ मा कालो झण्डा सहित नेपाली मन्दिर परिसरमा भोलि September, 15, 2018 का दिन साँझ 4:30 बजे उपस्थित भै लोकतन्त्र र मानवाधिकार को पक्ष मा उभिदिनुहुन् हार्दिक अनुरोध गर्दछौ ।
आयोजक
हिँसा बाट पिडित, हत्या हिंसा बिरोधि, लोकतन्त्र र मानवअधिकार प्रेमी जनताहरु , नेपाली मन्दिर परिसर, अर्भिंग, टेक्सास