-१३ महिनापछि डिज्नील्याण्ड रिसोर्ट पार्क खुल्यो, अरु स्टेटबाट आउनेले भ्याक्शिन लगाएको हुनुपर्ने

१३ महिनापछि डिज्नील्याण्ड रिसोर्ट पार्क खुल्यो, अरु स्टेटबाट आउनेले भ्याक्शिन लगाएको हुनुपर्ने

Hollywood Khabar April 30,2021 Comments

हलिउडखबर, अमेरिका, अप्रिल ३०, २०२१

कोरोनाको महामारीले बन्द गरिएको विश्वोको चर्चित क्यालिफोर्नियाको डिज्नील्याण्ड रिसोर्ट पार्क १३ महिनापछि अप्रिल ३०, २०२१ शुक्रबार खुलेको छ।

प्रायगरी अमेरिकी बच्चाहरुको सपना र भ्याकेशन जाने ठाउँ डिज्नील्याण्ड रिसोर्ट पार्क हो। कोरोनाको कारण बन्द गरिएको सो पार्क १३ महिनापछि अब खुल्ने भएको छ। तत्कालको लागि पार्क पुरा क्षमता नभएर २५% मात्र क्षमताको लागि खुल्ला गरिएको हो। यो समय बिशेषगरी क्यालिफोर्निया भित्रका वासिन्दाको लागि मात्र खोलिएको बताइएको छ। अन्य स्टेटबाट आउने भिजिटरहरुलाइ भने पुरा डोज भ्याक्शिन लगाएको हुनुपर्ने छ।

तर पार्कका सबै कामदारहरुले मास्क लगाउनु पर्ने जस्ता प्राबधान राखिएका छन्। यतिमात्र होइन पार्कभित्र भिजिटरले देख्नेगरी स्यानीटाइजिङ्ग स्टेशनका साइन राखिएका छन्। भिजिटरले मास्क लगाउन पर्ने, सोसल डिस्टन्स कायम गर्नु पर्ने छ। केहि निश्चित ठाउँमा डाइनिङ्ग एरिया छुट्याइएको छ र त्यहँ मात्र एक समुहका भिजिटरले मस्क खोल्न सक्छन।

क्यालिफोर्नियाका प्रमुख आयाश्रोत मध्येको एक डिज्नील्याण्ड रिसोर्ट पार्क पनि हो। यहाँ बार्षिक १९ मिलियन भन्दा धेरै भिजिटरहरु आउने गर्छन। दक्षिणी क्यालिफोर्नियाको आकर्षक हलिउड नजिकै पर्ने डिज्नील्याण्ड रिसोर्ट पार्क क्षेत्रका होटल ब्यबसायीहरु यो खबरले उत्साहित भएका छन्।

अन्य स्टेटबाट आउनेलाईलाइ भ्याक्शिन लगाएको हुनुपर्ने प्राबधान राखिएको छ। स्टेट अफ क्यालिफोर्नियाले हालको गतिमा भ्याक्शिन लगाउन सकेमा जुन १५, २०२१ देखि पुरा अर्थतन्त्र खोल्ने योजना गरेको छ।