दिलु पन्त, मार्च ९, २०१८
टियरलाई बियर बनाएर पिउनेहरु
अक्सर रातमा शिखा पोल्छन मैन पगाल्न
तिनीहरुको भद्दा चुस्कीमा
कागजको गुलजस्ता सुमसुम्याउदै
भद्दा संगीतमा साडे डान्स गर्छ्न बाङ्रेहरु
बिचारा;
पुतलीहरुका कोमलतालाई
हुस्किको उन्मादले अत्याचारि म्वाई खाने चन्डालहरु
नमिठा चोटहरु दिन चिमोटी रहन्छन
र बग्छ रगताम्मे आसुँ क्यानडलको मैन झै
मलाई भट्टिमा गनाएका मान्छे मन पर्दैन
बिद्रोहको तरबार बोकेर तान्डब निर्त्य थालौ कि जस्तो
जो, भद्रतालाई नपुसक ठान्छ्न !
सभ्यताहरु अल्पत्र नघर नघाट हुन्छ्न
अति भए पछि आगो पिउँदै
अराजक कै सहि मलाई म भित्रको मानवतले
बिद्रोहको बारुद रोज भन्छ
अंगार खोक्न पिडकहरुको चिलिम भरेर
बाद्लमा मिसाउन पो रहर जाग्छ
महाकालीले झै हातमा तरबार समातेर
प्रत्येकको ठेगान लगाउ कि जस्तो !
फेरि पनि;
म कानुनको पक्षधर
उस्को आखामा भलै पट्टी लागे कै किन नहोस
कान त खुल्ला देख्छु
खबरदरिको शंख फुकेर होशियार भनौ कि जस्तो
अचम्म त के छ भने
शब्द संजालका बिकृत पकेटमारहरु
अस्लिलताको बजार बिस्तारमा
भद्दता भित्र शुद्धताको बहस गर्छन्
कति हास्नु र खित्का छोडी छोडि !
कक्टेल पिउदा-पिउदा तिमिनै कक्टेल त भएनौ नि
आजकल मलाइ संका पो लग्दै छ
यो युग मिसायल साम्राज्यको रे भन्छ्न
यहाँ त मिसन मै मिसावट देखिन्छ
पुनः तेहि वृत्ति बोकेर
तिनै साडे ठेकेदारहरु
फूलहरुको बाटो कुरेर
लाज कहाँ मान्छ्न र भन्नलाइ
डसिडसि बीषका भोट्काहरु !
म रक्षक तिम्रो
म पूजारी तिम्रो
हाहा तिम्रो खुट्टा तिम्रो षड्यन्त्र
र कृतिम प्रेम !
-Dilu Panta
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!