-Dilliram Ammai

एनआरएनए अन्तराष्ट्रिय मिडिया समितिबाट डिल्ली अम्माईको राजिनामा

Hollywood Khabar March 12,2021 Comments

सम्मानित महासचिवज्यु, मिडिया समितिका संयोजक ज्यु तथा पत्रकार मित्रहरु,

बिषय: राजिनामा पत्र

सर्वप्रथम त मेरो सहयोगको अपेक्षा गरेर एनआरएनए अन्तराष्ट्रिय मिडिया समितिमा मनोनितको लागि प्रस्ताव गर्ने र समर्थन गर्ने अग्रज मित्रहरुप्रति आभार ब्याक्त गर्न चाहन्छु। साथै मिडिया समितिका बेरोजगार मित्रहरुलाई नमस्कार र मेरा सुभचिन्तकहरु प्रति नमन:

अहिलेसम्म एनआरएनएको मिटिंगबारे आधिकारिक जानकारी सहित सबै सदस्यहरुसंग एजेन्डा मागेर अन्तराष्ट्रिय मिडिया समितिको बैठक भएको मलाई थाह छैन। यदि भएकै भएपनि संगठनले एक बर्षभित्र गरेका निर्णयहरु, हाँसिल गरेका उपलब्धिबारे समीक्षात्मक बैठक मिडिया समितिले राख्नु पर्ने होकी हैन ? कहिल्यै भएको मलाई पत्तो भएन।

धेरै पटक संयोजक लगायत समितिका मित्रहरु र कहिलेकाही महासचिव र अध्यक्ष समेतसँग बैठक र अन्य कार्यक्षेत्रकोबारेमा जिज्ञासा राखेँ जिम्मेवारी बोध युक्त उत्तर कहिल्यै आएन ! अझैसम्म पनि सहज उत्तर पाएको पनि छैन।कमसेकम संगठनका महत्वपुर्ण एजेन्डाबारे बहस समेत भएको औपचारिक जानकारी छैन।

मलाई यो समितिको क्षेत्राधिकार थाह नभएर हो वा सुचनाको केन्द्रीकरण भएकोले हो,आइएलओबाट सहयोग स्वरुप एनआरएनएले लिएको १० करोडको खर्चको योजना, खर्च गरिएका विवरणहरु प्रेश समितिलाई जानकारी दिइएको छैन। मैले सम्झौता पत्रको प्रतिलिपि पनि मागें दिइएन।

किन यो कोषको जिम्मा कोषाध्यक्षलाई नदिएर राहत कोषको अनुसन्धान, मुल्यांकन राहत वितरणको जिम्मा उपाध्यक्ष बद्रि केशीलाई दिइयो ? यसले संसार भरिका एनआरएनहरुको माझ विभिन्न किसिमका आसंका जन्माएको छ। यो पैसामा कागजी प्रक्रिया मिलाएर भष्टाचार गरिएको भन्ने आरोप आएको छ। यस बिषयमा धेरै अनलाइन खबरहरुमा ति आरोपहरु आएका छन्।

माथिका केहिको याजनामा उनका केहि आफन्त समेत मध्ये पूर्वका चलाख कथित एनआरएनएका सबै तहका केहि नेतृत्व लगायतलाई यो खालको आशंका गरिएको छ। यो सम्बन्धमा बिषयगत सहयोग प्रदान गर्नुपर्ने क्षेत्रबारे राय माग र खर्च गर्ने आधिकारिकता पाएको युनिटबारे कोषाध्यक्ष लगायतसंग जिज्ञासा राख्दा समेत अमुर्त कुराहरु आएको छ। त्यसको पारदर्शीताको मापदण्ड र अन्य आम्दानि खर्चका निर्णयहरुको आधिकारिक प्रमाणबारे समेत यो मिडिया समितिले सम्बन्धित पक्षसंग लिएका जानकारी एनआरएनलाई दिनु पर्ने दायित्व हुन आउँछ। यसले नै एनआरएनहरुको संगठन प्रतिको बिश्वासलाई मजबुत गराउछ।

तर बिडम्बना यी प्रक्रियाहरु कहीं न कहिँ अबरुद्ध भएको महसुस मैले गरेको समेत जानकारी गराउछु । यो एक कारणले पनि म अन्तराष्ट्रिय मिडिया समितिमा साक्षीको रुपमा बसेर यी घटनाहरुको रमिते हुन सक्दिन। यावत घटनाको बिरोधको लागि त्यो संरचनाबाट बाहिर निस्कनु नै मेरो लागि श्रेयस्कर हो र मेरा अग्रज पत्रकार सहकर्मी र जनसमुदायको सदिक्षा र सुझाबलाई ध्यानमा राखेरै मैले मिडिया समितिबाट जानी बुझी राजिनामा दिएको हुँ।

त्यस्तै अहिले संगठन भित्र बिशेष खेलहरुका बीच तनाव बढी रहेको छ। केहिले यसको विश्वासनियता र निर्णयको पालना गराउने पहलहरुबीच सन्तुलन गराउने प्रयास गरेको देखिए पनि मिडिया समितिका केहि पत्रकारहरु द्वारा रूपान्तरण अभियानलाई बैधानिकता दिने उध्यश्य राखेर गर्ने भनिएको बिशेष अधिवेशन असफल बनाउने खेललाई सहयोग पुर्याउने गरि अध्यक्षको अनुरोध र संगठनको सर्कुलर भन्दा अरुको मिसनलाई बढी स्पेस दिएको देखिन्छ। त्यसमा केहि दोधारे चरित्रका पत्रकार र दलाल चरित्रका एनआरएनएमार्फत आफ्नो लगानी बित्तिय अधिनायकत्वको लागि संस्थालाई रद्धिको टोकरीमा परिणत गरिरहेको तप्का लागेको देखिन्छ।

यो अबस्थामा एनआरएन केन्द्रले समस्याहरुका बिच आफ्नो बैधानिक अभियानमा दाग नलागोस भन्ने चिन्ता लिनुको सट्टा मुकदर्शक बनेको देखियो। त्यसैले केहि मिडिया समितिका साथीहरुको असहयोगका बीच एनआरएनए अध्यक्ष कुमार पन्तले रुपान्तरण अभियानको लागि सहयोग गर्न सबैलाई अपिल गर्नु भएको थियो।

त्यसमा सिन्डिकेटधारी केन्द्रको एक तप्का र केहि रुपान्तरण नचाहने तप्काले बाहिर सहयोग गरेजस्तो गर्यो। तर आन्तरिक रुपमा अध्यक्षलाई यथास्थितिबाट अघि बढ्न दिएन। त्यसमा अन्तराष्ट्रिय मिडिया समितिका सहकर्मीहरु समेत जिम्मेवार छौँ। त्यसैले यस अभियानमा हामीले कति सहयोग गर्यौं हाम्रो दायित्वबारे हामी कति गम्भीर भयौँ वा भएनौं त्यो आँफै जानौं भन्नु केहि छैन।

त्यस्तै केन्द्रले गरेका कतिपय अपारदर्शी निर्णय वा मनोमानी बारे आशंकाहरु छन् भने ति बारे समेत मिडिया समितिले केन्द्रलाई सजग गराउने साहस राख्नु पर्ने हुन्छ। त्यो पनि अहिलेसम्म कहिँ कतै देखिएको छैन। अत यो समितिले अहिलेसम्म क्षेत्रीय समितिका संयोजक तोकेर केन्द्रका सकारात्मक कामको संस्लेषित जानकारी दिने र एनआरएनका गुनासाहरु केन्द्रसम्म पुर्याउने कामबाट पनि सन्तोषजनक काम गरेको कदाचित देखिदैन।

केही मित्रहरुले चिन्ता गरे जस्तो 'एनआरएनए अन्तर ध्वंसको नजिक हैन,रुपान्तरणको नजिक छ' भनेर एनआरएनहरुलाई बुझाउने आधार मैले पाउन सकिन। यसका साथै अध्यक्ष कुमारजीको योजनामा केन्द्रले आघि सारेका र प्रस्तावको रुपमा एनआरएनहरुबाट आएका एजेण्डाहरु क्रमश:

  • १- पंजीकृत सदस्य शुल्क र मजदुर वा निम्न आय भएका ब्याक्तिले पनि नेतृत्वमा पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै उमेद्वार शुल्कबारे रुपान्तरण योजना ।
  • २-अधिवेशनमा डेलिगेट निशुल्क बनाउने योजना ।
  • ३ -अनलाइन भोटिंग र भोटर सम्बन्धि नयाँ योजना
  • ४ -केन्द्र देखि राष्ट्रिय समन्वय परिषदसम्म बार्षिक बजेट बिनियोजन तथा खर्चको अडिटिङ योजना
  • ५ -डिपार्टमेन्ट सिस्टम (पदाधिकारीको विभागीय जिम्मेवारी)को योजना
  • ६-एक एनआरएन एक रोजगारको लक्षमा पुग्न साना बहुक्षेत्रीय लगानी युनिट निर्माणको योजना
  • ७-दक्ष जनसक्तिको लगत तथा क्षमता अनुशार संजाल निर्माणको योजना
  • ८ -नयाँ आर्थिक स्रोत खोज योजना
  • ९-नेपाली पासपोर्ट सहितको अधिकार सम्पन्न नागरिकताको पहल सहित एनआरएनका अन्य अधिकारको पुनर्स्थापना योजना र
  • १०-शैक्षिक योजना
  • ११-राष्ट्रिय समन्वय परिषदहरुको कार्य मुल्यांकन पद्धतिको बिकास योजना
  • १२-अन्तराष्ट्रिय सम्बन्ध बिस्तार र बिकास योजना १३-मुल्यांकन पद्दतिमा नेटवोर्क अभिमत सर्वेक्षण बिधिको लागि सक्तिशाली वेबसाइड निर्माण गर्ने योजना
  • १४-प्रेरणा -प्रतिस्पर्धा- मुल्यांकन -छनौट -प्रोत्साहन विधिलाई संगठनमा स्थापित गराउने कुराहरुबारे बिशेष अधिवेशनमा प्रस्ताव नै लगिएन। यी तय गरिएका योजनाहरु भोलिका मार्गचित्र बन्ने थिए र यसले नितिगत ब्याबधान पार नगरी अगाडी जान सक्दैन थियो तर यिनलाई प्रचार मात्र गरियो र अन्त्यमा सहिद पनि बनाइयो।

अन्तमा केन्द्रको महत्वपुर्ण समयको अगाडी म यो समितिको जिम्मेवारीमा रहने कि नरहनेबीच म आँफैमा केहि उल्झनहरु आएका थिए र छन्। म निष्कर्ष, वा परिणाममा बिश्वास गर्ने मान्छे भएकोले र कार्यकालको सन्दर्भमा अनौपचारिक वा औपचारिक रुपले मिडिया समितिमा आएका सुझावहरुलाई आबस्यक भए प्रस्तावको रुपमा आगामी अधिवेशनमा समेत लगिदिने अनुरोध गर्दै यो समितिबाट बिदा माग्दछु। यो राजिनामा पत्रलाई तुरुन्त अनुमोदन गरि मेरो आगामी लेखनलाई बैधानिक बन्धनबाट मुक्त गरिदिनुहुन महासचिवसंग बिशेष अनुरोध गर्दछु।

डिल्ली अम्माई

एनआरएनए अन्तराष्ट्रिय मिडिया समिति सदस्य, युरोप

मार्च १२, २०२१