https://www.youtube.com/embed/Qxco3XkiT_s

-इशा र अमृतको दिलको ड्राइभर

इशा र अमृतको दिलको ड्राइभर म्याकुरी र कन्चन

Hollywood Khabar October 17,2020 Comments

हलिउडखबर, अमेरिका/१०/१८/२०

अमेरिकाको सुन्दर मौसमको राजा मानिने राज्य क्यालिफोर्नियामा वसोवास गर्दै आएकी इशा कार्कीद्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएको छ।

गीतमा इशा कार्की आफ्नै र अमृत जंग कुँवरको स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङको रहेको छ। हाँस्य कलाकार पवन खतिवडा म्याकुरी र कञ्चन खड्काको अभिनय गरेका छन्। गीतलाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

राज महर्जनको कोरियोग्राफीमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ। अमेरिकामा दिपक बम्जन र नेपालमा रामकुमार के सीद्वारा छायाङ्गकन गरिएको भिडियोलाइ ईशा कार्की र अमृत जंग कुँवरले स्वयं परिकल्पना गरेका हुन्।