-NRNA NCC USA: महिला संयोजक उम्मेद्धार दिक्षा बस्नेत

NRNA NCC USA:महिला संयोजकमा दिक्षा बस्नेतको उम्मेद्धारी दर्ता

Hollywood Khabar April 18,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा महिला संयोजकमा क्यालिफोर्नियाकी दिक्षा बस्नेतले आफ्नो उम्मेद्धारी दर्ता गरेकी छन।

बस्नेतलाई क्यालिफोर्निया बे-एरिया बासी सबै माझ चिरपरिचित युवा समाजदेवी रबी सिंह बस्नेत प्रस्ताबक र लामो समय देखी अमेरिका रहेकी सबै सँग मिलनसार प्रज्ञा न्याउपानेको समर्थनमा महिला सम्योजक पदमा उमेद्द्वारी दर्ता गरेकी हुन।
एक कुशल लेखिका एब्ं सन्चारकर्मी दिक्षा बस्नेत २०१७-२०१९ कयालिफोर्निया च्याप्टरको महिला सम्योजक हुन्। साथै साहित्यमा रुची राख्ने बस्नेत अन्तरअष्टृय साहित्य समाज क्यालिफोर्नियाकि सचिव एब्ं नेपाल अमेरिका पत्रकार सघकी साधारण सदस्य समेत छिन दिक्षा।

उसो त बस्नेतले अमेरिकाको महिला सम्योजक पदमा रहेर महिला सहभागिता, स्वास्थ्य, शिक्षा एब्ं मुलुकाका धेरै दुर्गम क्षेत्रमा आफ्ना सहयोगी हात बढाउने लगायत थुप्रै योजनाहरु लिएर अगाडी बढेको बताउँछिन। दिक्षा बस्नेतले यसपालिको चुनावमा सबैबाट सहयोग अपेक्षा गरेकी छिन।