तस्बिर वेब

धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान झिकियो

Hollywood Khabar July 11,2019 Comments

२७ असार,काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर 'ह्याङ्गर' मा लगिएको छ।जहाज हटाएपछि त्रिभुवन विमानस्थलमा उडान सुचारु भएको छ।धावन मार्गबाट विमान बिहान ११ बजेर ५ मिनेटमा चिप्लिँदा दिनभर मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो।निरन्तरको प्रयास पछि विमानलाई निकालेर ह्याङ्गरमा लगिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। उनले विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न धेरै समय लागेको बताए। 

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका थिए।विमानलाई अगाडिबाट तान्नो लामो प्रयास सफल नभएपछि पछाडिबाट तानेर लगिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए। विमान धावन मार्ग नजिक धस्सिएकाले हटाएपछि मात्रै उडान सुचारु भएको हो।

'धस्सिएको विमानलाई निकाल्न असाध्यै गाह्रो भयो', क्षेत्रीले भने, 'उपलब्ध सबै संयन्त्र परिचालन गरेरर जहाज हटाइएको छ।सात बजेदेखि उडान सुचारु भइसकेको छ।