-प्रधानमन्त्री केपी शर्मा ओली

धनगढी पुगेर प्रधानमन्त्री ओलीले भने, चुनाव वैशाख १७ गते नै हुन्छ

Hollywood Khabar January 07,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनपछि सँस्थापन पक्षको नेतृव बोकेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को चुनाव बैशाख १७ मा नै हुने कुरा गरेकाको ठोकुवा गरेका छन्।

जनवरी ८, २०२१ शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघिय संसद्को चुनाव वैशाख १७ र २७ गते नै हुने दाबी गरेका हुन्। उनले भने, ढुक्क रहनुहोस् चुनावमा तोकिएकै समयमा हुन्छ बरु तयारीमा लाग्नुहोस।

प्रधानमन्त्री ओलीले अब भ्रष्ट तत्वहरुलाई गाउँ-ठाउँबाट ठेगान लगाउनु समेत भने। अबको चुनावमा देशका लागि लड्ने, जनताका लागि काम गर्ने, विकासका लागि लाग्नेहरुलाई भोट दिनको लागि भने।