तस्बिर साभार वेब

धादिङमा जीप दुर्घटना:४ गम्भीर, १० सामान्य घाईते

Hollywood Khabar August 12,2019 Comments

२८ साउन धादिङ।धादिङमा भएको जीप दुर्घटनामा परि १४ जना घाइते भएका छन्।मंगलबार धादिङबेसीबाट मैदीतर्फ जाँदै गरेको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा दुर्घटनामा परेको थियो ।बजारबाट गाउँतर्फ घर फर्कँदै गरेका मानिस दुर्घटनामा परेका हुन् ।बा १३ च ५२३० नम्बरको जीप उकालो चढ्न नसकी पछाडि हटेर पल्टिँदा दुर्घटना भएको थियो। सो दुर्घटनामा एउटै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो।

गम्भीर घाइतेहरुलाई काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको छ भने १० जना घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

चार जनाको सिट क्षमता भएको निजी नम्बर प्लेटको बोलेरो जीपमा १८ जना यात्रु चढेका थिए । निजी नम्बरको सवारीमा खचाखच यात्रुसहित सामानसमेत हालेर उकालो बाटो जाँदा गाडी पछाडि हटेर दुर्घटना हुन पुगेको थियो ।उकालो बाटोमा गेयर बदल्ने क्रममा जीप पछाडि हटेको र सडक छेउको धारोसमेत भत्काएर पल्टिएको थियो ।