-सांकेतिक तस्विर

चार महिनामा ६२ जिल्लामा फैलियो डेंगु,सात ७ जनाको मृत्यु

Hollywood Khabar September 15,2019 Comments

३१,भाद्र,काठमाडौं ।चार महिनाको अवधिमा ६२ जिल्लामा संक्रमण फैलिएको डेंगुबाट सात जनाको मृत्यु भएको छ।सरकारले संक्रमणको चार महिनापछि डेंगु रोकथामबारे नयाँ नारा ‘सबैको साथ डेंगुको नाश, हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट सबैको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’तय गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चितवन, धादिङ, काठमाडौं, ललितपुर, नुवाकोट र रसुवाका ६ सय ६० जनामा सर्वेक्षण गरेको थियो। एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु  मानिसबाट मानिसमा सर्दैन।

डेंगु  धुवाँबाट नियन्त्रण गर्न खोज्दा मुटु र दमका बिरामी, गर्भवती आदिलाई असर गर्ने भएकाले जैविक विधि अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।परिषद्द्वारा आयोजित पत्रकार सम्मेलनमा डा. इशान गौतमले ‘धुवाँउने विषादी (फगिङ)  विधिले फोक्सोमा असर गरी दमको जोखिम हुने बताए। परिषद्द्वारा सोमबार जारी विज्ञप्तिमा वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर उत्पन्न गर्ने र डेंगुवाहक लामखुट्टेका प्रजातिको जनसंख्या नियन्त्रण गर्न नसक्ने उपाय अवलम्बन गर्नुभन्दा विश्वमा प्रचलित प्रभावी विधिको अभ्यास गर्न ढिलो गर्नु हुँदैन’, भन्ने उल्लेख छ। 

परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले फगिङले गर्भवती र बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताए। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटैाँडाका निर्देशक डा. यदुचन्द्र घिमिरे धुवाँउने विषादी (फगिङ) विधिले बयस्क लामखुट्टे मात्र मार्न सक्ने बताउँछन्। रोगको रोकथाम, निवारण, सुरक्षा वा नियन्त्रणका निम्ति चेतना अभिवृद्धि गर्न महाअभियान सञ्चालन गर्नुपर्ने परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासंग संग चितवनमा २, रुपन्देहीमा १, सुनसरीमा १, सिन्धुपाल्चोकमा १, मोरङ १ र डोटीमा १ गरी ७ को ज्यान गएको तथ्यांकमात्र रहेको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. शाहले जानकारी दिए।डेंगुको ६२ भन्दा बढी जिल्लामा फैलिएको छ।डेंगुका संक्रमितमध्ये कति जनाको रगतमा डेंगु पोजेटिभ भेटिएको छ भन्ने यकिन तथ्यांक पनि स्वास्थ्य सेवा विभागमा छैन। चितवनमा साउनयता २ हजार ४६ जनामा डेंगु पोजेटिभ भेटिएको छ।