-NRNA NCC USA, 2019 Candidates' Presentation, Interaction, Feedback and Debate April 20, 2019 SFO

NRNA NCC USA: उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट, अप्रिल २०, सान फ्रानसिस्को

Hollywood Khabar March 18,2019 Comments

सान फ्रान्सिस्को/मार्च १८, २०१९ सोमबार

समुदाय र सञ्चारकर्मीहरूको सहभागितामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१९ निर्वाचनका उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया तथा अध्यक्षका उम्मेदवारहरु सँग डिबेट कार्यक्रमको आयोजना गरिएको छ।

अमेरिकामा रहेर नेपाली पत्रकारितासंग संलग्न संचारकर्मी/पत्रकार तथा अनलाइन मिडियाहरुको संयुक्त आयोजनामा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०१९ का उम्मेदवारहरुको लागि यो कार्यक्रमको आयोजना गरिएको हो।

उम्मेदवारहरुले आ-आफ्ना घोषित लक्ष र उद्देश्य पुरा गर्ने मार्गचित्र प्रस्टसँग समुदाय र सञ्चार कर्मीहरू समक्ष राख्न पाउन भन्नका लागि कार्यक्रमको आयोजना गरिएको हो। यो प्रस्तुति, अन्तरकृया तथा अध्यक्षका उम्मेदवारहरुसंगको डिबेट पछि उम्मेदवारहरूको दृष्टिकोण, दक्षता, क्षमता, सिप र कला जस्ता कुराहरु सबै समक्ष प्रस्ट हुनेछ।

यसरी समुदायमा गरिने प्रत्यक्ष प्रस्तुति, बहसमा एनआरएनए एनसीसी अमेरिकाका सदस्य, पत्रकार र सहभागीहरूको प्रश्न र उम्मेदवारहरूको उत्तरले कार्यक्रमलाई पेचिलो, दरिलो र स्पष्ट बनाउने छ। अमेरिकाबाट सञ्चालित थुप्रै अनलाइन मिडियाहरूले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने छन्।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, महिला संयोजक, आइसीसी सदस्य देखि च्याप्टरका सबैपदका उम्मेदवारहरूका लागि बोल्ने समय निर्धारण गरी कार्यक्रमलाई सहभागिता मूलक बनाइने छ। कार्यक्रममा क्यालिफोर्निया राज्यका उम्मेदवारहरुको लागि बिशेष ब्यबस्था गरिनेछ।

आसन्न निर्वाचनका लागि उम्मेदवारी दाखिला भएपछि अप्रिल २०, २०१९ शनिवार सान फ्रानसिस्कोमा कार्यक्रम गर्ने तयारी भइसकेको छ। कार्यक्रममा हालसम्म घोषणा गरेका ७०% भन्दा धेरै उम्मेदवारहरुले कन्फर्म गरिसकेका छन्। कार्यक्रमको स्वरुप र समय सिमाहरु जस्ता विस्तृत कुराहरु भने अर्को अपडेटमा उल्लेख गरिनेछ।

नोट: कार्यक्रमको लागि उम्मेदवारहरुले आफ्नो फ्लाइट टिकेट सान फ्रान्सिस्को इन्टरनेश्नल, सान होजे इन्टरनेश्नल या ओकल्याण्ड इन्टरनेश्नल मध्ये कुनै एक एयरपोर्टमा बुक गर्न सक्नुहुनेछ। धेरैले चाहिँ सान फ्रान्सिस्को इन्टरनेश्नलको लागि छान्दछन।

कार्यक्रम: दिउँसो ३ बजेबाट सुरु हुनेछ

कृष्ण के सी

कार्यक्रम संयोजक

संचारकर्मी/पत्रकार र मिडियाहरुको संयुक्त अभियानका लागि, अमेरिका