no petrol

दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव

Hollywood Khabar October 21,2018 Comments

६ कात्तिक,पाँचथर।दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ।तेल लिन ट्याङ्कर नजाँदा दशैँको अन्त्यतिर अभाव भएको हो।दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो।यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन्।

कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ।जिल्लामा रहेका तीनवटै पम्पमा पेट्रोल दुईदिन अघिनै सकिएको सदरमुकाम फिदिममा तेल वितरण गर्दै आउनुभएका इन्द्रायणी अटो मोबाइल्सका विक्रेता टोकनाथ तामाङले बताउनुभयो।जिल्लामा पेट्रोल आयात गरेर बिक्री गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताले बताएका छन्।जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारीमा पेट्रोल खपत हुने विक्रेता बताउँछन्।