-क्रियटिभ नेपाल यूथ अर्गनाइजेशनको आयोजनामा तीज २०१९ हुँदै

क्रियटिभ नेपाल यूथ अर्गनाइजेशनको आयोजनामा तीज २०१९ हुँदै

Hollywood Khabar August 20,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२१/१९

क्रियटिभ नेपाल यूथ अर्गनाइजेशनको आयोजनामा बिगत केहि वर्ष देखि तीज लगायत केहि पर्व नियमित रुपमा हुँदै आएको छ।

यस बर्ष नेपाली महिलाहरुको महान पर्व तीजको उपलक्षमा तीज २०१९ को आयोजना गरिएको कुरा अर्गनाइजेशनकी अध्यक्ष शशि प्रसाईले हलिउडखबरलाइ जानकारी दिइन। प्रसाईका अनुसार यो सदाझै यो बर्ष पनि सान फ्रान्सिस्को बे एरियाका सम्पूर्ण महिला तथा पुरुष सबैलाई तीज कार्यक्रम बिशेषमा हार्दिक निमन्त्रणा गरिएको कुरा प्रसाईले जानकारी दिइन।

कार्यक्रमको थप जानकारी :-

मिति :- ३० अगस्ट, २०१९ शुक्रबार (भाद्र १३ गते २०७६)

स्थान :- 7007 Moeser Ln El Cerrito, CA 94530

टिकट :- $२५ मात्र ( स्वादिलो दर सहित, दश बर्ष मुनिका बालबालिका लाई प्रवेश निशुल्क )