नेकपाको एकीकरण विवाद फेसबुकमा छताछुल्ल, आफ्नै कुरा मान्दैनन ओली र प्रचण्ड, केहि भनाइ सहित

Hollywood Khabar September 22,2018 Comments

कृष्ण के सी
नेपाल कम्यूनिष्ट पार्टी एमालेमा नेपाल कन्यूनिष्ट पार्टी माओबादी एकताकेन्द्र बिलय भएर बनेको नेपाल कम्यूनिष्ट पार्टीको आन्तरिक पार्टी मिलानमा चरम विवाद भएको छ। भेदभाव र लाखा पाखा गरिएको, चरम गुटबन्दी गरिएको कुरा सो पार्टीका नेताहरुले खुल्लम खुल्ला बोल्न थालेका छन्। विवास चरम रुपमा पुगेको छ तर पहिलो तहका अध्यक्ष खड्ग ओली र दोश्रो तहका अध्यक्ष पुष्प कमल दाहाल-प्रचण्डले सो कुरामा एकलौटी रुपमा लागेको आरोप छ। सचिवालयले निर्णय गरेको कुरा पनि नमानेको आरोप आएको छ   

सो बिषयमा पूर्व एमाले, त्यसमा पनि माधव नेपाल पट्टीका एक जनाले लेखेका ब्यक्त गर्छन--जनता डेलिभरी चाहान्छन्, कार्यकर्ता सम्मान सहितको एकता तर विडम्बना नेताजीहरू न त आफ्ना कार्यकर्तालाई तर्कले कन्भिन्स गर्न सक्छन् न त जनतालाई अनुभूति दिन्छन। बजारमा कुरा सुन्दा लाग्छ उनीहरू पूर्वाग्रही छन्, विधि र न्याय अरूलाई बेच्छन् आफु रत्तिभर अबलम्वन गर्दैनन्। जम्मा ९ जनामा त सफा-सफा कुरा गर्दैनन् र तिकडमको तरिका अपनाउँछन् भने देशलाई के गर्लान् ? कसरी बनाउनेहोला समृद्ध नेपाल र सुखी नेपाली ? एकताको नाममा इमान्दार, सिनियर र योग्यमाथिको अपमान जायज होला र ? के यस्ता कार्यले पार्टी र सरकारलाई बलियो बनाउँला र ? सिकाउनु पनि भएन है ? (उहाको नाम यो पटक नाराखिदन भनिएकोले राखिएन।)

त्यसैगरी अर्का नेता अखिलका पूर्व अध्यक्ष समेत रहेका, नरम नेतामा गनिने तुल बहादुर गुरुङले पनि आफ्नो भनाइमा आगो नै बर्शाएका छन्।- केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले ७ वटै प्रदेशको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गर्यो। पार्टी सचिवालयले त्यस सम्बन्धमा व्यापक छलफल गरि आवश्यक मापदण्ड र आधारहरू तय गरी अन्तरपार्टी निर्देशन समेत जारी गरेको थियो। अचम्मको कुरा के रह्यो भने जिम्मेवारी सम्बन्धी त्यो निर्णय गर्दा सचिवालय आफैले बनाएको पूर्व मापदण्ड र आधारहरूलाई ठाडै मिच्यो र खास केही भक्तजनहरुलाई सेटिङ्ग गर्ने काम भयो। फरकमत राख्ने पक्षका सिनियर, अनुभवी, कृयाशिल नेता कार्यकर्ताहरुलाई जिम्मेवारी नदिने र पन्छाउने गरियो। यसरी कोहिलाई भने काम माथि कामको राश, कोहीलाई भने काम छैन् उठिबास गर्ने अत्यन्त पक्षपातपूर्ण र विभेदकारी काम गर्यो । यो वृहत पार्टी एकता भावना विपरित र अत्यन्त खेदजनक पनि छ।  जनताको गित... दुखी (सोझो, ईमान्दार) भनि नगर हेला, छेउको सियो माझमा कोही बेला, चेतना भया ।

त्यसैगरी एमालेमा तोप जस्तै पड्कने नेता मानिने झरिला नेता जगन्नाथ खतिवडाको भनाइ त अझै कडा छ।-पार्टीका बरिस्ठ नेता माधवकुमार नेपाल र प्रबक्ता नारायण काजी जस्ता महत्त्वपूर्ण सचिबालयका सदस्यहरु नभएको मौका पारी नेकपा सचिवालय ले अचानक प्रदेश पार्टी एकीकरण सम्पन्न गर्न नेतृत्व चयन गरेको भनेर समाचार सार्बजनिक भएको छ। तर कुनै उचित आधार तथा मुल्यान्कनको प्रणाली कमिटीगत निर्णयबाट स्वीकृत नै नगरी, अनिबार्य निर्णय गर्नुपर्ने स्थायी कमिटीलाई अबमुल्यन गरेको देखिने गरी मनोमानी पजनी गरेको प्रष्ट देखिने गरी यस्तो निर्णय भएको हो नै भने पार्टी को आन्तरिक जीवन प्रणालीको लागि यो सकारात्मक संकेत होइन। यसै गरी आजको निर्णय तरिका हेर्दा जिल्लाहरुमा पनि मनोमानी पुर्ण रुपमा एकीकरण गर्ने तयारी भैरहेको पुरै अनुमान गर्न सकिन्छ। पार्टीको आन्तरिक प्रतिस्पर्धामा पछ्य विपक्षमा भएका कारणले पुर्बाग्रह बस किनारा लाउने प्रवृत्ति जिबित राख्न प्रयास गरेकै हो भने परिस्थिती बिस्फोटक बन्न सक्छ। संक्रमणकालिन ब्यबस्थाहरुका नाममा जे पायो त्यही नगर्न र सिन्डिकेट नचालाउन नेतृत्वको ध्यान आकर्षण गर्न चाहन्छु ।