-कोभिड १९ डिसेम्बर २८:अमेरिकामा ३ लाख ३३ हजार, नेपालमा १८३२ को मृत्यू

कोभिड १९ डिसेम्बर २८:अमेरिकामा ३ लाख ३३ हजार, नेपालमा १८३२ को मृत्यू

Hollywood Khabar December 27,2020 Comments

हलिउडखबर, अमेरिका/१२/२८/२०

डिसेम्बर २८, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ३ लाख ३३ हजार १ सय ४० जना पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या १ करोड ९१ लाख ३६ हजार ७ सय ५८ जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार ८ सय ३२ नागरिकको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ५८ हजार ८ सय ४० जना कोरोना संक्रमित भएका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ८ करोड ८ लाख ७९ हजार १ सय ७९ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १७ लाख ६६ हजार ७ सय ८७ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

हाल अमेरिकी दुइ कम्पनीले बनाएको कोरोना भाइरस बिरुद्दको भ्याक्शिनको U.S Food & Drug Administration (FDA) ले आकस्मिक रुपमा लगाउन अनुमति दिएको छ। पहिलो लट पब्लिकमा आएको फाइजरको भ्याक्शिन र दोश्रो मोडर्नाको भ्याक्शिन प्राथमिकता अनुसार लगाइएका छन्। भ्याक्शिन आम नागरिकमा पुग्न अझै केहि महिना लाग्ने कुरा बिज्ञ र एजेन्सीहरुको रहेको छ।