-कोभिड-१९ रिपोर्ट जनवरी ८: अमेरिकामा ३ लाख ६५ हजार, नेपालमा १९०९ को मृत्यू

कोभिड-१९ रिपोर्ट जनवरी ८: अमेरिकामा ३ लाख ६५ हजार, नेपालमा १९०९ को मृत्यू

Hollywood Khabar January 07,2021 Comments

हलिउडखबर, अमेरिका/१/८/२१

जनवरी ८, २०२१ PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ३ लाख ६५ हजार ३ सय ५९ जना पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या २ करोड १५ लाख ८५ हजार ६ सय ३० जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार ९ सय ९ नागरिकको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ६४ हजार १ सय ५९ जना कोरोना संक्रमित भएका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ८ करोड ८१ लाख ७१ हजार ४० जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १९ लाख ९ सय ९० जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

हाल अमेरिकी दुइ कम्पनीले बनाएको कोरोना भाइरस बिरुद्दको फाइजर र मोडर्ना भ्याक्शिनको U.S Food & Drug Administration (FDA) ले आकस्मिक रुपमा लगाउन अनुमति दिएको छ। भ्याक्शिन प्राथमिकता अनुसार लगाउन थालिएको छ। भ्याक्शिन आम नागरिकमा पुग्न अझै केहि महिना लाग्ने कुरा बिज्ञ र एजेन्सीहरुको रहेको छ।

बेलायतको अक्सफोर्डले बनाएको एसट्रजेनेका (Astrazeneca Vaccine) बेलायत बाहेक अन्य देशले प्रयोगमा ल्याएका छैनन्। भारतमा आधारित भएकाले आम नागरिकहरुलाई Astrazeneca Vaccine माथि विश्वास रहेनछ। उनीहरु धेरैले यसको पुन:परिक्षण गर्नुपर्ने कुरा उठाए।