-कोभिड-१९ रिपोर्ट: अमेरिकामा ३ लाख ९७ हजारको मृत्यू, एस्ट्रजेनेका भ्याक्शिनप्रति प्रश्न बढ्दै ?

कोभिड-१९ रिपोर्ट: अमेरिकामा ३ लाख ९७ हजारको मृत्यू, एस्ट्रजेनेका भ्याक्शिनप्रति प्रश्न बढ्दै ?

Hollywood Khabar January 17,2021 Comments

हलिउडखबर, अमेरिका/१/१८/२१

जनवरी १८, २०२१ PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ३ लाख ९७ हजार ६ सय ११ जना पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या २ करोड ३९ लाख ३८ हजार २ सय ९० जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार ९ सय ६५ नागरिकको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ६७ हजार ६ सय ४४ जना कोरोना संक्रमित भएका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ९ करोड ५१ लाख ३२ हजार ७ सय ९५ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट २० लाख ३२ हजार ६ सय ३६ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

हाल अमेरिकी दुइ कम्पनीले बनाएको कोरोना भाइरस बिरुद्दको फाइजर र मोडर्ना भ्याक्शिनको U.S Food & Drug Administration (FDA) ले आकस्मिक रुपमा लगाउन अनुमति दिएको छ। भ्याक्शिन प्राथमिकता अनुसार लगाउन थालिएको छ। भ्याक्शिन आम नागरिकमा पुग्न अझै केहि महिना लाग्ने कुरा बिज्ञ र एजेन्सीहरुको रहेको छ।

त्यसैगरी अक्फोर्डले तयार पारेको भनेको एस्ट्रजेनेका कोभिड १९ (AstraZeneca COVID-19) भ्याक्शिन पहिलो पटक बेलायतले आकस्मिक रुपमा लगाउन स्विकृति दियो। यसको धेरै अनुसन्धानका क्रममा भारतले थुप्रै डेटा लुकाएको आरोप जनमानसको छ। त्यसैले त्यसलाई भारतले जनस्वास्थ्य भन्दा पनि ब्यबसायको रुपमा लिनको लागि राजनीति गरेको कुरा देखिंदै आएको छ।

उसै पनि यसको प्रभावकारिता ७०% मात्र हो। यस पहिला नै अष्ट्रेलियन बैज्ञानिकहरुले यसको बारेमा प्रश्न उठाएका छन्। भलै पाकिस्तान, ब्राजिल लगायत देशले यसलाई आकस्मिक रुपमा लगाउन अनुमति दिएका छन्। जर्मनीले अनुमति दिएपनि युरोपका बाँकी देशले स्वीकृति दिएका छैनन्। देशले अनुमति दिएपनि जर्मनीमा थुप्रै व्यक्तिमा साइड इफेक्ट बढेको कुरा समाचारहरुमा आएका छन्।

नेपालले पहिलो पटक नै आँखा चिम्लेर एस्ट्रजेनेका कोभिड १९ भ्याक्शिन लिने भएको छ। यसको निर्णय बैज्ञानिकहरुबाट राय लिएर होइन राजनैतिक रुपमा र दलाल कम्पनिको प्रेशरबाट भएको गरेको छ।