-क्यानाडाबाट जुन २६ मा नेपालीको पहिलो चार्टर फ्लाइट कतार एयरले गर्ने

क्यानाडाबाट जुन २६ मा नेपालीको पहिलो चार्टर फ्लाइट कतार एयरले गर्ने

Hollywood Khabar June 18,2020 Comments

कोभिड १९ का कारण विश्वमा रहेका नेपालीहरु स्वेदश फर्कन अत्यन्त असहज परिस्थितिका बाबजुद पनि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्हरुको विषेश अनुरोध र पहलका कारण अन्ततस् नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने बातावारण सृजना गरेको छ।

कोभिड १९ को प्रभाव देश र समुहको आधारमा क्यानडा प्राथमिकतामा नरहे पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडा र नेपाली राजदुतावासको विषेश आग्रहमा यसै हप्ता जहाज उडाने सम्भावना देखिएको छ। त्यसैले यहाहरुको जानकारीका लागि यो सुचना प्रेषित गरिदैछ। यसका लागि एनआरएनए एनसीसी क्यानाडा नेपाल सरकारलाई विषेश धन्यवाद दिन चाहन्छ।

अन्तत, कोभिड -१९ कारणका लामो समयदेखि क्यानडामा अड्किएर रहेका नेपालीहरु आउदो शुक्रबार अर्थात जुन २६, २०२० मा आफ्नो घर फर्कने पाउने भएका छन्। एनआरएनए आइसिसि, एनआरएनए एनसीसी क्यानडा र नेपाली राजदुतावास क्यानडाको विषेश पहलमा अड्किएर रहेका करिव एकसय भन्दा बढी नेपालीहरु स्वदेश फर्कन पाउने भएका हुन्।

कोरोनाबाट प्रभावितका अन्य देश र समुहका आधारमा क्यानडामा रहेका नपालीहरुको हकमा केहि महिना पछाडि धकेलिने अवस्था देखिएता पनि एनआरएन क्यानडा, कतार एयरवेज र दुतावासको अतिरिक्त पहल र विषेश समन्वयका कारण यहि साता चार्टर उडान भर्न सकिएको हो।

नेपाल फर्कने चाहनेहरुले निम्न कुराहरुको तयारी गर्नु पर्ने छ। यस सम्बन्धि सुचना नेपाली राजदुतावास ओटवाले पनि सार्वजनिक गरेको छ।

१, हवाइ यात्राका लागि नेपाली राहदानी Passport अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनु पर्ने

२, यात्रुल PCR/ RDT Test Negative or COVID-19 को संक्रमण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको सातदिन भित्रको प्रमाणपत्र साथै राख्नु पर्ने

३, यात्रुले नेपाल पुगिसेकेपछि नेपाल सरकारले तोकेअनुसारको क्वारेन्टाइनमा बस्नुपर्ने छ

४, उडान सम्बन्धि विस्तृत जानकारी हवाइ टिकटको दररेट तथा बुकिंग गर्न सम्पकै गर्नुपर्ने एजेन्सि र व्यक्तिको नाम चाडौ नै उपलब्ध गराइने छ

५, यात्रु उपलब्धता अथा अन्य प्रतिकुल कारणबाट तालिका परिवर्तन हुन सक्नेछ

६, विमानस्थलमा तथा अन्य उडानका अवधिमा अनिवार्य माक्स लगाउनुपर्ने छ

७, क्यानडाको मनट्रीयलबाट मात्र उडान भर्ने भएकोले उडान समयभन्दा कम्तिमा पनि ४ घण्टा अगाडि विमानस्थल आइसक्नुपर्ने छ। क्यानडाका अन्य प्रान्तबाट आउनेले भने विषेश ध्यान दिनु पर्ने छ

८,क्यानडाका कसरी कोभिड-१९ नेगेटिभ रहेको प्रमाणित कागजात पाउने विषयमा चाडै अर्को सूचना सार्वजनिक गरिने

पिताम्बर भट्टराई

महासचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडा

जुन १९, २०२०