-अमेरिकामा कोभिड १९ को घट्दो प्रभाव र बढ्दो लुटपाट र प्रदर्शन

अमेरिकामा कोभिड १९ को घट्दो प्रभाव र बढ्दो लुटपाट र प्रदर्शन

Hollywood Khabar June 01,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२/२०

जुन २, २०२० PST बिहान ६:३० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १०५, १४७ पुगेको छ। यो संख्या गत ४ दिन पहिला १,०१,६२१ थियो। सुरुका दिनमा जस्तो कोरोनाको भयावह छैन।

त्यसैगरी धेरै जसो राज्यहरुमा कोरोना संक्रमण घट्दो क्रममा देखिएको छ। बजारमा सुरक्षाका सामाग्रीहरु स्यानिटाइजर, मास्क, पन्जा लगायतका सामाग्रीहरु पनि सरल रुपमा खरिद गर्न सकिन्छ। धेरै राज्यहरु स्टेज ३ मा प्रवेस गरेसंगै अर्थतन्त्र खुल्दो क्रममा छ।

तर हालैका पछिल्ला ७/८ दिनमा जर्ज फ्लोयदको हत्यालाइ लिएर भएको प्रदर्शनले अर्कै रुपमा गएको छ। १४० भन्दा धेरै शहरहरुमा प्रदर्शन भएका छन्। हरेक जस्सो शहरमा लुट-पाट, तोडफोड, आगजनी भएका छन्। एक किसिमले त्रास र भयको वातारण बढेको छ।

सुरक्षाका कारण थुप्रै शहरमा कर्फ्यू साँझ ७-८ देखि बिहान ५-५:३० बजे सम्म अतिवाश्यक्स कामका व्यक्ति बाहेक अरुलाई बाहिर ननिस्कन निर्देशन जारी छ। तर पनि केहि ठाउँमा लुटपाट भएका छन्। चार भन्दा धेरै ठाउमा शूटिङ भएको बताइएको छ। यसैबीच थुप्रै राज्यहरुमा नेशनल गार्ड परिचालन गरिएको छ।