-गीत-आज भोलि कोरोनाले अकालमा ल्या छ ज्यान

गीत-आज भोलि कोरोनाले अकालमा ल्या छ ज्यान

Hollywood Khabar June 11,2020 Comments

-सरस्वती चौलागाई/मेलम्ची, भोटेचौर, सिन्धुपाल्चोक/३०, जेठ २०७७

आज भोलि कोरोनाले अकालमा ल्या छ ज्यान

यस्तो बेला सरकार – जनको गर्छु म बयान

विदेशबाट आफ्ना नागरिक सरकार उद्धार गर्देैछ

तिनैबाट चार गुणा भाडा भर्दैछ

आफनै पैसा तिरी बस्नु दुई हप्ता क्वारेन्टाइन

जनता लुटी मनाउँछौं की तिम्ले होली वाइन

अलपत्र नागरिकलाई सपना भयो हेर छुट

सब सेवामा रेट तोक्ने उद्धार हो की लुट ?

अरु देशका एयरलाइनसले फिरी सेवा गर्दछन्

हाम्रा देशका एयरलाइनस श्रमिक मार्दछन्

आफ्ना नागरिक विदेशमा अलपत्र परेका

श्रमजिवी नागरिकमाथि न्याय गरेका

कमाउन विदेश गाको अलपत्र परियो

कोरोनाको चेपुवामा जीउँदै मरियो

रेमिट्यान्स भित्र्याउनेको आयो भोकै मर्ने दिन

कसो गरी विदेश गाको तिर्ने होला ऋण

नेताजनलाई सँधैै पर्व जनता सधैंं मर्ने हो

कोरोनाको कहरले के के गर्ने हो ।