साङ्केतिक तस्बिर:साभार वेब

कोरोनाको लक्षण देखिएकी गर्भवतीको मृत्यु

Hollywood Khabar May 25,2020 Comments

१३ जेठ जनकपुर।सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ की अन्दाजी २५ वर्षीया गर्भवतीको सोमबार रातिबाट अत्यधिक ज्वरो आएको र श्वासप्रश्वासमा समस्याका कारण मंगलबार बिहान करिब साढे ६ बजे मृत्यु भएको हो। सो कुरा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका हुन्।

ति गर्भवती महिलालाई अचानक ज्वरो आएको र श्वास लिनमा समस्या भएपछि राजविराज स्थित एक क्लिनकमा उपचारका लागि ल्याइएको र सामान्य उपचारपछि घर फर्काईएको थियो। सामान्य उपचारपछि घर फर्काइएकी उनको समस्या बढेपछि मंगलबार बिहान उनको मृत्यु भएको थियो । कोरोना भाइरसको लक्षण देखिएकोले महिलाका स्वाब जाँचको लागि धरान पठाइएको छ ।

आफन्तलाई पीपीई दिएर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा शवलाई जलाउने निर्णय भएको प्रमुख यादवले बताए ।