२४ चैत्र काठमाडौं।कोरोना भाईरसका कारण गत ११ गतेदेखि देश लकडाउन भए पछि ‘फुर्सदिला’ भएका मन्त्रिहरुलाई थप जिम्मेवारी दिइएको छ।कोरोना नियन्त्रण समितिका सदस्य मन्त्रिहरुको बैठक लगायत काम भएपनि बाँकी मन्त्रिहरुलाई आज बसेको मन्त्रिपरिषदको बैठकले थप जिम्मेवारी दिएको हो।
बैठकले उर्जामन्त्री वर्षमान पुनलाई प्रदेश ५ को सरकार, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेलाई संसद्मा रहेका राजनीतिक दलहरूसँगको समन्वय, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ को सरकारसँगको समन्वय तथा खानेपानि मन्त्री विना मगरलाई सुदुरपश्चिम प्रदेश सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको छ।
यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश सरकारसँगको समन्वय, वनमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश सरकारसँगको समन्वय गर्ने जिम्मेवारी दिइएको छ।युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई युवा खेलाडीहरूलाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि स्वयंसेवकका रूपमा तयार गरेर परिचालन गर्ने जिम्मेवारी तोकिएको छ ।
यसैगरी महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई सामाजिक संघसंस्थाहरूलाई परिचालनका लागि समन्वय गर्ने तथा कोरोना भाइरसको संक्रमणले बालबालिकाहरूमा पारेको र पार्न सक्ने असर तथा त्यसमा गर्नुपर्ने सुधारात्मक कामका र कार्ययोजना तयार पार्ने जिम्मेवारी तोकिएको छ ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!