हार्दिक बधाई तथा शुभकामना !
नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा श्री भवानी राणा चयन हुनु भएकोमा म व्यक्तिगत तथा संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
नीजि क्षेत्रको संघ संस्थाहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यहां जस्तो परिश्रमी र व्यवसायीहरुको हकहितमा आफ्नो अधिकांश जिवन समर्पण गरेको व्यक्तिका साथै महासंघको इतिहासमा प्रथम महिला अध्यक्ष रुपमा पदभार ग्रहण गर्नु भएकोमा हामी विदेशमा बस्ने नेपालीहरु हर्षित भएका छौं । संघको स्थापनाकाल देखी नै नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ वीच विश्व सम्मेलन, लगानी, तथा आर्थिक क्षेत्रका साथै अन्य सरोकारका विषयहरुमा सहयोग र सहकार्य हुँदै आएको र यहाँको कार्यकालमा पनि यसले निरन्तरताका साथ नयां उचाई पाउने छ भन्नेमा मेरो विश्वास रहेको छ ।
अन्त्यमा, यहां लगायत निर्वाचित हुनु भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा नव वर्ष २०७४ को शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
शेष घले
अध्यक्ष,
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!