प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघका नायब महासचिव

प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघका नायब महासचिव बीच भेटवार्ता

Hollywood Khabar November 15,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघका नायब महासचिव (Deputy Secretary-General) H.E. Ms. Amina J. Mohammed ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

२०७५ कार्तिक ३० गते भएको उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राष्ट्रसंघका नायब महासचिव Ms Mohammed बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको।