-प्रधानसेनापति थापा मध्य पृतना हेडक्वार्टर ढुङ्गेगढीमा

प्रधानसेनापति थापाद्वारा फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण

Hollywood Khabar April 11,2019 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ चैत्र २९ गते मध्य पृतना हेडक्वार्टरले मकवानपुर जिल्लाको ढुङ्गेगढी ईलाकामा भविश्यमा आइपर्ने आन्तरिक सुरक्षा चुनौतिहरुलाई दृष्टिगत गरि सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गर्नु भएको छ।

निरीक्षणको क्रममा प्रधानसेनापति थापाले अभ्यास ईलाकाको स्थलगत निरीक्षण गरी उक्त अभ्यासमा सहभागी भएका फौजहरुले गरेको प्रदर्शनहरुको अवलोकन गर्नु भएको थियो। सोही क्रममा प्रधानसेनापति थापाले सकलदर्जालाई सम्बोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको थियो । निरीक्षण भ्रमण पश्चात उहाँ आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।

नेपाली सेनाले यस प्रकारका फिल्ड ट्रेनिङ्ग अभ्यासहरु नियमितरुपमा संचालन गर्दै आईरहेको छ ।