प्रधानसेनापति थापा र कतारका महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति थापा र कतारका महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar October 03,2018 Comments

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग कतारका महामहिम राजदूत Yousuf Bin Mohmmed AL-Hail ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२०७५ असोज १८ गते भएको उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Mohmmed AL-Hail ले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनु भएको छ। यसका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको बिज्ञप्तिमा उल्लेख छ।